हिन्दू अधिराज्य नेपाल र हाम्रा दायित्वहरु

पहिलोपटक पोखरामा नेपाली भाषा-संस्कृति परिषद् र सनातन धर्म सेवा समितिको संयुक्त आयोजनामा २०५५ कार्तिक २३ गते सम्पन्न अन्तकिर््रया कार्यक्रममा कार्यपत्रका रुपमा प्रस्तुत । आदर्शसमाज दैनिकमा दुई अंकमा धारावाहिक प्रकाशित मिति २०५६ जेठ २० गते बिहीवार वर्ष ४ अंक ४२ र २०५६ जेठ २१ गते शुक्रवार वर्ष ४ अंक ४३ । त्यसैगरी राष्ट्रआवाज साप्ताहिकमा पनि दुई अंकमा धारावाहिक प्रकाशित मिति २०५७ जेठ १२ गते र २०५७ जेठ १९ गते । छानिएको अंश इस्लाम र इसाइ धर्मको नाममा विविध खेल भै रहेका छन शीर्षकमा प्रतिस्पर्धा साप्ताहिकमा प्रकाशित मिति २०५७ भदौ १४ गते बुधवार वर्ष ६ अंक ७ । महामाया वार्षिकमा पनि प्रकाशित मिति २०५७ कार्तिक वर्ष २ अंक २ । छानिएका अंशहरु विभिन्न शीर्षकमा अन्य पत्रपत्रिकामा पनि प्रकाशित ।

 

नेपाली नागरिकता र इसाइयत

साप्ताहिक जनसत्तामा प्रकाशित मिति २०५५ कार्तिक १४ गते शनिवार

विशालु कीट जन्मेर फिँजाए रोग बेगिन्ति 
स्वदेशी हुन् भनी खाली नमारौँ के किरालाई 
- युगकवि सिद्धिचरण श्रेष्ठ
धरानबाट एकजना पाठकले चिठी लेखेर सोध्नु भयो कि तपाईँ अमुक अमुक धर्म प्रचारकहरुले राष्ट्रविरोधी काम गरेका छन् भन्दै उनीहरुको आलोचना गर्नु हुन्छ । तर जसरी तपाईँ नेपाली नागरिक हुनु हुन्छ त्यसरी नै तिनीहरु पनि नेपाली नागरिक हुन् । तसर्थ उनीहरुको पनि जति तपाईँको छ त्यति भन्दा कम अधिकार छैन । तब उनीहरुले धर्म प्रचार गरेकोमा किन आपत्ति 
चिठी लेख्नेवाला एकजना लिम्बु हुनु हुन्थ्यो र उहाँले भर्खरै हिन्दू धर्म छोडेर इसाइ धर्म अपनाउनु भएको रहेछ । जस्तो कि सबैलाई थाहा छ उखान - नयाँ जोगीले बढी खरानी घस्छ । उहाँ पनि भर्खर इसाइ बनेको जोसले मलाई चिठी लेख्दै हुनु हुथ्यो । उहाँको तर्क यही थियो कि धर्म परिवर्तन गरेर इसाइ बनेका नेपालीहरु यहीँका नागरिक भएकोले उनीहरुको विरोध गरिनु न्यायसंगत भएन । मैले सुरुम उद्धृत गरेको युगकवि सिद्धिचरणको कविताले धेरै हदसम्म उहाँलाई जवाफ दिएको छ ।
त्यसो त अत्तो थाप्न सकिन्छ इसाइहरुलाई किरा भन्यो भनेर । मसँग अनुभव छ मेरो एउटा लेखमा प्रयुक्त ूआ राक्षस मलाई खाू उखानको अनर्थ लगाएर लौ इसाइहरुलाई राक्षस भन्यो भनेर प्रतिकि्रया पठाउने बुझक्कडहरुको ताँती देख्नासाथै मलाई अड्कल भइसकेको छ कि यहाँ पनि त्यस्तो घटनाको पुनरावृत्ति हुन सक्छ । तर के चाहिँ प्रष्ट पारिहालूँ भने किरा भनियोस् वा राक्षस त्यो स्थूलरुपेण नभई लक्षणात्मक हो ।
धर्मका रुपमा यो ठूलो वा ऊ ठूलो भन्दै विवाद गरिरहनुको कुनै तुक छैन । धर्मतत्व कुनै हिन्दू बौद्ध इस्लाम इसाइ आदिमा विभक्त हुँदैन ट्रेडमार्कहरु तपसिलका कुरा हुन् । तर सँगसँगैजसो वा कथित धर्मका आडमा पलाप्पिएका कुप्रवृत्तिकोचाहिँ विरोध हुनै पर्छ । यसर्थ नै इसाइ र इस्लामका ध्वजावाहकहरुको विरोधमा तुक छ ।
रह्यो कुरा नेपाली नागरिकताको । यदि कोही व्यक्ति नेपाली नागरिक छ भने त्यसको अर्थ यो हैन कि उसलाई देशमा जे गर्न पनि छुट छ । राष्ट्रप्रति उसको केही दायित्व हुन्छ र हुनु पर्छ पनि । यहाँनेर अझ के भन्छु भने यदि कुनै व्यक्तिले नेपाली नागरिक भएर नेपालकै हित प्रतिकूल काम गरेको छ भने त्यसलाई झन् कडा सजायँ दिनु पर्छ । एक त उसले अपराध गर् यो अर्को उसले आफ्नो कर्तव्य पूरा गरेन - दोहोरो । यसकारण सजायँ पनि दोब्बर हुनु पर्छ ।
यही परिप्रेक्ष्यमा लिनु पर्छ नेपाली मूलका इसाइहरुलाई पनि । जो पुस्तैनी रुपले इसाइ थिए वा छन् तिनको दोष होइन आफ्ना पुर्खाले देखाएको बाटो हिँडेकाले गलत नै भए पनि त्यसको आभाष छैन । यदि कुनै व्यक्तिले नजानेर गल्ती गर्छ भने त्यसलाई गल्ती नमान्ने प्रचलन छ नि त ! 
तर एउटा नेपालीले कुनै कु_ित्सत स्वार्थवश भलै बाहिर कारण जेसुकै देखाइएको होस् आफ्नो धर्म-संस्कृति त्यागेको देखियो भने त्यहाँ त पक्कै छ असामान्य परिस्थिति ।
धर्म भनेको निख्लो धर्म मात्र होइन त्यसले संस्कृति जन्माउँछ र संस्कृति कुनै पनि राष्ट्रको प्राण हो । जसरी प्राणबिना शरीरको कुनै औचित्य छैन त्यसरी नै संस्कृतिबिना राष्ट्र र कुनै पनि जातिको अस्तित्व रहँदैन । यस अर्थमा नेपाली संस्कृति नेपालीत्वको प्रथम एवम् अनिवार्य सर्त हो । जब तपाईँ नेपाली संस्कृतिबाट विमुख हुनु भयो तब तपाईँ वास्तविक अर्थमा नेपाली रहनु भएन । तपाईँको नागरिकता नेपाली नै रहला परन्तु तपाईँमा नेपालीत्व रहेन । 
तपाईँ इसाइ बनेपछि हरिबाट ह्यारिमा प्रतापबाट पिटरमा र परशुरामबाट पर्लमा चेन्ज हुनु हुन्छ । दशैँको साटो कि्रसमस मनाउन थाल्नु हुन्छ बुद्ध जयन्तीको साटो येशु चिहानबाट बौरिएको दिन उत्सव मान्नु हुन्छ जनै वा मालाको साटो घाँटीमा क्रस झुण्ड्याउन थाल्नु हुन्छ र शङ्ख-घण्ट बजाएर आरती गर्नु भन्दा गिटार बजाएर प्रे गर्नु होला - खै कहाँ रह्यो नेपाली संस्कृतिको निरन्तरता  भाषादेखि लिएर भावसम्म सबैमा पराइपन आइगयो नि !
सनातन धर्म र नेपाली संस्कृति हाम्रो प्राण भएकाले यसको पक्षपोषण गर्नु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो । यसरी कर्तव्य पालन गर्दा कसैको विरोध हुन्छ भने होओस् । मैले इसाइहरुको विरोधलाई यसरी नै लिने गरेको छु ।
पोखराका दुईजना पाठकहरुले लेख्नु भएको चिठी पनि यतिखेर मेरो अगाडि छ । उहाँहरु दुवैजनाको लेखाइको सार यही छ कि उहाँहरुले बाटो बिराएर केही समय इसाइ बन्नु भयो चर्च धाउनु भयो । तर एक त त्यहाँको कुप्रवृत्ति र नेपालीत्वविपरित कार्यहरुले र अर्कोतिर यस पंक्तिकारका लेखहरुले उहाँहरुका घैँटामा घाम लागे अरे र हालसालै उहाँहरुले इसाइयताबाट आफूलाई मुक्त पार्नु भएछ । 
एकचोटि बाटो बिराएर फर्केपछि उहाँहरुले लेख्नु भएको छ - ूआयोदधौम्यजी जसरी तपाईका कारणले हाम्रा आँखा खुले त्यसरी कतिपयको खुलेका छैनन् र कतिका पछि खुल्दै जालान् । तपाईँको कार्यमा निरन्तरता होओस् ताकि अरुले पनि आफ्नो पुख्र्यौली विरासत एवं मौलिक धर्म संस्कृति परम्परा छाड्नु हुँदैन भन्ने थाहा पाउन सकून् । यदि इसाइ धर्म प्रचारकहरुका कुटिल चालमा फसिसकेका भए पनि पुनः आफ्नै बाटोमा फर्कन सकून् ।ू
वास्तवमा यस्तै यस्तै चिठीहरुले मलाई प्रेरणा दिने गर्छन् । साथै यस्ता कविताहरुले पनि जस्तो कि सिद्धिचरणले लेखेका रहेछन् -
मगजमा शङ्कराचार्य हृदयमा बुद्ध राखेर
बनी भैरव लडाइँमा नगर्ने देशको रक्षा   

हिन्दू राष्ट्रका मुसलमान

पहिलोपटक साप्ताहिक जनसत्तामा कुरानमा लेखिएका राम्रा कुरा शीर्षकमा प्रकाशित मिति २०५५ कार्तिक २१ गते शनिवार ।

आदर्श समाज दैनिकमा पनि धर्म ट्रेडमार्कमा अर्थिँदैन शीर्षकमा प्रकाशित मिति २०५५ पौष ३ गते शुक्रवार वर्ष ३ अंक २०७ ।

नवव्यासवाणी साप्ताहिकमा प्रकाशित मिति २०५७ असोज ८ गते आइतवार वर्ष २ अंक ८ ।

मैले पहिल्यैदेखि भन्दै आएको कुरोबाट लेख सुरु गर्न लागेको छु । त्यो के भने धर्मको कुनै ट्रेडमार्क हुँदैन । धर्म ट्रेडमार्कमा राम्ररी अर्थँदैन । आज हामी धर्म भन्नासाथ हिन्दू हो कि बौद्ध हो कि वा इसाइ इस्लाम सिख जैन आदिमध्ये कुनचाहिँ हो भन्नेतिर जान्छौँ । मानवजातिको इतिहासमा यी ट्रेडमार्क मात्र हुन् र असली धर्मतत्वलाई यसको जरुरत पर्दैन ।
धर्मतत्व एउटै हो भन्दाभन्दै पनि, जान्दाजान्दै पनि एउटा सच्चा नेपालीले हिन्दू पहिचानको कुरा गर्छ । त्यसको कारण छ । नेपाली भन्नासाथ हिन्दूपनको छवि आउँछ आउँछ । त्यसैले एउटा नेपाली चाहे त्यो इस्लाम धर्मावलम्बी होस् या इसाइ धर्मावलम्बी - उसले समग्र राष्ट्रिय वा नेपालीजातीय पहिचानका रुपमा हिन्दू पहिचानलाई स्वीकार गर्नु पर्छ र गरेको हुन्छ । 
इस्लाम शब्दको कुरा गर्दा अरबी भाषाको इस्लाम शब्दले शान्ति समर्पण र त्याग भन्ने अर्थ दिन्छ । तर इस्लामका नाममा भएका काटमार तथा िहंसाको फेहरिस्त ख्याल राख्दा इस्लामले आफ्नो अर्थ गुमाएको अनुभव हुन्छ । नेपालका पहाडी मुसलमान चुरेटा वा चुरौटे पनि भनिने गरेका हरु धेरै हदसम्म असल मुसलमान हुन् । तर अचेल विदेशीहरु तिनलाई पनि क्रमशः कट्टरपन्थतिर लान भरमग्दूर प्रयास गर्दैछन् । छिटफुट घटनाबाहेक हालसम्म नेपाली मुसलमानहरु हिन्दूहरुसँग मिलेर बसेका छन् । तर त्यो मिलन हिन्दूहरुको उदारताको कारणले मात्र हो कि मुसलमानहरुको पनि उत्तिकै योगदान छ - आगामी दिनहरुमा प्रष्टिएला नै ।
हिन्दू अधिराज्यका मुसलमानका रुपमा नेपाली मुसलमानहरुको विशिष्ट दायित्व छ । सर्वप्रथम त कुनै पनि इस्लामी राष्ट्रमा गैरमुसलमानहरुले उपभोग गरे भन्दा कैयौँ गुना बढी अधिकारहरु यस ुहिन्दू-स्थानुका मुसलमानहरुले उपभोग गर्न पाएको कुरा उनीहरुले बुझ्नु पर्छ । यसो हुनुमा नेपाली समाजको उदार चित्त फराकिलो हृदय नै कारक छ । तसर्थ अन्य राष्ट्रकय मुसलमानहरुको बहकाउमा नेपाली मुसलमानहरु बहकिनु हुँदैन । धर्मकै आधारमा मुसलमान-मुसलमान एक हुने भए भारत विभाजन भई पाकिस्तान बनिसकेपछि फेरि पाकिस्तानबाट बङ्गलादेश किन छुट्टिनु पथ्र्यो र  त्यसो हुँदा नेपाली समाजमा अहिले रहेको सौहादर््रतापूर्ण स्थितिलाई नेपाली मुसलमानहरुले कायम राख्नुमै कल्याण छ ।
कुरान मान्ने सच्चा मुसलमानले जसरी मस्जिदको मर्यादा राख्नु पर्छ त्यसरी नै मन्दिरको पनि मर्यादा राख्नु पर्छ । जसरी पैगम्बर हजरत मोहम्मद तथा अल्लाहको नाम आउँदा श्रद्धा गर्नु मुसलमानको कर्तव्य हो त्यसरी नै मन्दिर-गुम्बा आदि देख्दा र भगवान् पशुपतिनाथ शिव भगवान् विष्णु भगवान् राम भगवान् कृष्ण भगवती सरस्वती भगवती लक्ष्मी भगवती दुर्गा आदि विविध नाम र रुपमा सुपूजितलाई ूअलैहिस्सलामईू भनी स्तुति वाक्य भन्नु अनिवार्य हुन्छ । राम जन्मभूमिमा रहेको मन्दिर भत्काएर बाबरी मस्जिद बनाउने बाबरदेखि लिएर विभिन्न मन्दिर ध्वंशक नरहत्यारो औरङ्गजेव तथा अहिलेका दाउद इब्राहिम र ओसामा बिन लादेनहरु सबैले दोजख् नर्क पाउनेछन् जन्नत स्वर्ग होइन किनभने उनीहरु सच्चा मुसलमान हुन सकेका छैनन् । सच्चा मुसलमानले इब्राहिम मुसा येशु जरथुस्त्र मोहम्मद र राम कृष्ण बुद्ध सबैलाई श्रद्धा गर्नु पर्छ ।
नेपालका मुसलमानहरुले बुझ्नै पर्ने हुन्छ कि नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्दा उनीहरुलाई कुनै बेफाइदा छैन । यो उनीहरुको धर्मशास्त्र विपरित पनि छैन र पशुपतिनाथ उनीहरुका पनि राष्ट्रिय आराध्यदेव हुन् । नेपाली मुसलमानहरुले गोवध कदापि नगर्ने सत् सङ्कल्प गर्दै अरु मुलुकमा रहेका मुसलमानहरुलाई पनि गोवध नगर्न सम्झाउनु पर्छ । 
नेपाली मुसलमानहरुलाई भड्काउने प्रयास अन्यत्रबाट हुन सक्छ तापनि नेपाली मुसलमान समुदायले अरुको भड्काइ एवं उक्साहटलाई बेवास्ता गर्नु पर्छ । नेपाल राष्ट्रप्रति तथा नेपाल अधिराज्यको हिन्दू पहिचानप्रति इमान्दारीमा अलिकति मात्र पनि आँच आयो भने त्यो एउटा गद्दारी मानिनेछ र त्यसको परिणाम पक्कै पनि राम्रो हुने छैन । 
मित्र बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिँदैन । नेपाली मुसलमानहरुले आफ्ना मित्रका रुपमा पाकिस्तानका मुसलमान वा सउदी अरबका मुसलमानलाई हेर्न त मिल्ला तर नेपाली मुसलमानका छिमेकी चाहिँ नेपाली समाजका हिन्दूहरु नै रहन्छन् । त्यसो हुँदा छिमेकीसँगको असल सम्बन्धलाई कायम राख्नमा जोड दिनु बुद्धिमानी हुने तथ्य बुझेर नेपाली मुसलमानहरुले के गर्दा नेपाली समाजको धार्मिक सहिष्णुता तथा साम्प्रदायिक सद्भावमा आँच आउँदैन भन्नेतिर ध्यान दिनु जरुरी छ ।
एउटा हिन्दू अधिराज्यमा रहेर हिन्दूहरुसँग पूर्ण रुपमा मिलेर बसी नेपाली मुसलमानहरुले भारत-पाकिस्तानका मुसलमानहरुसमक्ष एउटा आदर्श उदाहरण प्रस्तुत गर्न सक्नेछन् । जसले गर्दा समग्रमा विश्वबन्धुत्व एवम् विश्व शान्तिलाई नै ठूलो योगदान मिल्नेछ । हिन्दू अधिराज्यका इस्लाम धर्मावलम्बी नागरिकका हैसियतले नेपाली मुसलमानहरुले विशिष्ट भूमिका निर्वाह गर्न सक्छन् । उनीहरुले गाईको रक्षा गर्नु पर्छ र अरु मुलुकमा रहेका मुसलमानहरुलाई पनि गोवध नगर्न सम्झाउनु पर्छ ।
नेपालमा सही अर्थमा नेपाली भएर बाँचे भने मात्र अल्लाह उनीहरुसँग प्रसन्न भई जन्नत स्वर्ग बक्सनेछन् । यदि नेपाल राष्ट्र र यहाँको राष्ट्रधर्म हिन्दू धर्मप्रति उनीहरु इमान्दार रहेनन् भने त्यो कुरान पैगम्बर तथा अल्लाहप्रतिकै बेइमानी हुनेछ ।  अस्तु ।

बन्दुकहरू हारेका बेला


First published in: http://inseconline.org/Nepali/nopinion_detail1.php?newsid=4

निर्मलमणि अधिकारी
२०६३ वैशाख १२ गते

आन्दोलनकारीहरूले भने झैं नै माओवादीको बन्दुकले एक दशकसम्म नहल्लिएका राजा शान्तिपूर्ण आन्दोलनको आँधिबेहरीले झुक्नु परेको छ । २०६३ वैशाख ११ गते रातिको शाही सम्बोधन स्पष्टतः लोकशक्तिको श्रेष्ठताको थप प्रमाण हो ।
जनआन्दोलनले विजय प्राप्त गरेको ठहर गर्दै सात दलले नयाँ सरकारको नेतृत्व गर्न गिरिजाप्रसाद कोइरालालाई चुनेका छन् । कोइरालाका व्यक्तिगत प्रवृत्ति, विगतमा बारम्बार भएका गल्ती र कमजोरीहरूका कारण अनेक आशङ्काहरू हुँदाहुँदै पनि निरङ्कुशताविरुद्धको आन्दोलनमा सतिसाल झैं दृढ नेतृत्व प्रदान गरेकाले अबको सरकारमा उहाँको नेतृत्व हुनु स्वाभाविक मानिएको छ । असोजतन्त्रदेखि नै निरन्तर एकै बुँदामा अडिएर कुनै बेला गिरिजाप्रसाद कोइरालाको एकोहोरो ढिपी भन्ठानिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई सात दल र माओवादीको समेत कार्यसूचीमा पार्नु कोइरालाको अत्यन्त ठूलो राजनीतिक विजय रह्यो । अघिल्लोपल्ट जनआन्दोलनको सफलतापछि पहिलो आमनिर्वाचनपश्चात् २०४८ सालमा प्रधानमन्त्री हुँदा इतिहासले सुम्पेको अभिभारा निर्वाह गर्न असफल हुनु भएका कोइराला यसपल्ट भने पक्कै सफल हुनुहोस् भनेर करोडौं मनहरूले कामना गरिरहेका छन् ।

       लोक अर्थात् जनता नै सर्वोच्च शक्ति हुन् भन्ने तथ्य मानव इतिहासमा पटक पटक प्रमाणित भएको छ । भारतवर्षा पौराणिक कालमै राजा बेनविरुद्ध लोकले गरेको व्रि्रोह र पृथुको राज्यारोहणका कथा हामीले अनेकौंपल्ट सुन्दै आएका हौं । अशोकजस्ता सम्राटले त सभा (अहिले सर्न्दर्भमा संसद) को निर्णय बिना सम्राटले नै पनि एक पैसा झिक्न नपाइने रहेछ भनेर उहिल्यै बुझेको यो ठाउँमा राजाले २०६१ माघ १९ गते हत्याएको शक्ति धेरै दिन टिक्दैन भन्ने ख्याल नराख्नु उपचक्कको कुरा थियो । ढिलै भए पनि सबै पक्षले लोकशक्तिको सर्वोच्चता सबैले बुझ्नु नेपालको स्वणिर्म भविष्यको लागि कोसेढुङ्गो हुने आशा छ । देशमा हिंसाको दुस्चक्र समाप्त भई मानवअधिकारको पूर्ण प्रत्याभूति हुन सकोस्; नेपाली जनताले पुनः अर्कोपल्ट राजशक्तिसँग सङ्र्घर्ष गर्नु नपरोस् एवं राजालाई संस्थाको रूपमा सम्मान गर्ने र जनताले शासन गर्ने भारत वर्षीय संस्कृति आत्मसात् भइरहोस् ।

                                       राजाको बन्दुक त हारेको छ, तर माओवादीको बन्दुक के हुन्छ - अब स्वाभाविक प्रश्न उठेको छ । यो जनआन्दोलनमा जुन जनउभार थियो, त्यसले राजाको बन्दुकलाई त प्रत्यक्षतः निषेध गरेको छ नै, प्रकारान्तरले यसले माओवादीको बन्दुकको औचित्यमाथि पनि प्रश्न उठाएको छ । सिद्धान्ततः अहिलेको दृष्टान्तले नै माओवादीले पनि लोकशक्तिका सामु बन्दुक बिसाउनै पर्छ भन्ने टड्कारो देखिएको छ; व्यवहारतः त्यसका लागि सात दल र नागरिक समाजले गर्नु पर्ने काम धेरै बाँकी छ ।

माओवादी युद्ध जातीय घृणा र विद्वेष

मिति २०५४ चैत २ गते आइतवार देशान्तर साप्ताहिक वर्ष १५ अंक ४७ मा माओवादी जनयुद्ध ः जातीय घृणा र विद्वेषको संग्रालोमा फसेको छ शीर्षकमा प्रकाशित लेखको छानिएको अंश  -

 

माओवादी ुजनयुद्धुको कार्यपद्धति गलत छ । यसले अख्तियार गरेको बाटो दिग्भ्रमित छ । ुजनयुद्धुको यस कारण विरोध गर्नु पर्छ कि यसले जातीय समरसता खलबल्याइरहेछ । जातीय स्वशासनको रुपमा माओवादीले जुन नारा उरालिरहेछ जुन चारा छरिरहेछ त्यो राष्ट्रघाती छ बिखालु छ । समान राजनीतिक हक भोगको कुरो नाजायज हैन तर जातीय स्वशासनले घृणालाई आधार मानेको छ र विखण्डनलाई बोकेको छ ।
जातीय आधारमा स्वशासन संसारभरि जहाँकहिँ पनि अस्वीकार्य अवधारणा हो । ढुङ्गे युगमा असभ्य कबिलाका सर्दारले मात्र जातीय आधारमा स्वशासनलाई सही ठान्छ । भारतको कुरा गर्दा तमिलनाडुमा तमिलहरुको उडिसामा उडियाहरुको केरलामा केरलहरुको जुन शासन छ त्यो भाषिक आधारमा गरिएको हो जातीय आधारमा होइन । तर नेपालको सन्दर्भमा त्योसमेत पूर्णतया असान्दर्भिक छ । पोखरा तमुवान हो भन्ने भनाइअनुसार यहाँ गुरुङ्ग भाषालाई सरकारी भाषा बनाऊँ गुरुङ्ग जातीय शासन लगाऊँ भन्ने माओवादीको तर्क देखिन्छ । अनि काठमाण्डौ नेवारहरुलाई स्वशासनका लागि दिने माओवादी नेतृत्वको सोच देखिन्छ । तब पहिलो समस्या त यही हुनेछ कि ती स्थानमा ती खास खास जातीय समूहको अग्राधिकार मान्ने कुनै ऐतिहासिक आधार नै छैन । अर्कोतिर तमुवान भनिएको पोखरामा गैरगुरुङ्ग जनता बढी छन् नेवारस्थान भनेको काठमाण्डौमा गैरनेवार बढी छन् । यस्तो परिस्थितिमा बहुसंख्यकमाथि अल्पसंख्यकको शासन कसरी सम्भव होला  अन्य जातीय समूहलाई के गर्ने हो  
विभिन्न जातिले आफूलाई स्थानविशेषसँग जोड्दै तत् तत् स्थानमा आफ्नो अग्राधिकारको दाबी गरेका छन् । माओवादीले तिनलाई घिउ थप्न लागे-पुगेसम्म गरेकै छ । तर ब्राह्मण क्षेत्री ठकुरी कामी दमै सार्कीजस्ता तुलनात्मक रुपमा बढी प्रगतिशील जातीय समुदाय देशभर छरिएर रहेका छन् । कुनै स्थानविशेषसँग मात्र आफूलाई जोडेर क्षेत्रीय संकीर्णतालाई जोड दिने प्रवृत्ति उनीहरुमा देखिँदैन । तब तिनको स्वशासन कहाँ लागू गर्ने  कि बाहुन-क्षेत्री भएकै आधारमा तिमीहरु सबैजनालाई मृत्युदण्ड दिइन्छ भन्ने पोलपोटे निर्णय गर्ने सोच माओवादी नेतृत्वको छ  कि भारतबाट आएका हौ अरे उतै जाओ भनेर लखेट्ने  जातीय स्वशासनको कुरा धेरैपल्ट गरेपनि माओवादीले यो कुरो कहिल्यै प्रष्ट्याएको छैन । 
प्रष्टसँग भन्नु पर्दा माओवादी नेताहरु ुजनयुद्धु बढाउने उन्मादमा जनमुक्ति पार्टीका नेताहरुलेझैँ निश्चित जातजातिविरुद्ध अमुक जातजातिलाई उचाल्ने गरेको देखिएको छ । भित्रीरुपमा माओवादी र बाहिरी रुपमा ुजनजातिु संस्थाका पदाधिकारी रहेर जातीय गालीगलौजमा उत्रनेहरुको प्रभुत्व रहेको माओवादी ुजनयुद्धुसँग ती निश्चित जातिहरु सचेत रहनु पर्ने हो कि होइन  यसले भोली राष्ट्रमा विखण्डन ल्याउँछ कि ल्याउँदैन 
माओवादीलाई यो चेतना हुनु पर्छ कि नेपाल अनेकतामा एकताको संस्कार भएको मुलुक हो । तर माओवादीहरु एकतामा अनेकता खोज्दैछन् । …॥ न त आर्थिक स्तरको आधारमा क्रान्ति गर्नु ठीक हो न जातीय आधारमा । जुन साम्यवादी समाजको परिकल्पना गरिएको छ त्यहाँ पुग्न विखण्डनवादी घृणावादी बाटो लिएपछि कसरी साम्यवादी परिणाम आउँछ  विष वृक्षमा अमृत कहाँ फल्छ  मकै फलाउन मकै नै रोप्नु पर्छ धान फलाउन धान नै रोप्नु पर्छ ।
…। कुनै जात विशेष नै शोषक हुँदैन । विशेष गरी ब्राह्मणहरुमाथि लगाइएको आरोप अनर्गल हो र यसमा कुनै तुक छैन । यो जातिका मानिसहरु कहिल्यै शासकवर्गको रुपमा रहेनन् बरु यथाशक्य समाजसेवा र परोपकार गर्नु यिनको परम्परा हो । व्यक्तिगत रुपमा कसैले फाइदा लुटेको कुरा अर्कै हो । यो सब बुझ पचाएर माओवादीले ुजनयुद्धुलाई क्रमशः जातीय घृणा र विद्वेषको साङ्लोमा फसाएको छ ।
जसले जति फलाके पनि माक्स्रवादको जग र भाष्यमै गम्भीर त्रुटि रहेको छ । समाजलाई उपयुक्त वाद न समाजवाद हो न साम्यवाद न वीपीवाद हो न माओवाद ।

नेपाल सम्वत् र विक्रम सम्वत्

Originally published in Janasatta weekly. Date: B.S. 2055 Asoj 31, Saturday.

साप्ताहिक जनसत्तामा प्रकाशित मिति २०५५ असोज ३१ गते शनिवार

 

ुन्हु दँ नेपाल सम्वत् …… या लसताय भिन्तुनाु - यो वा यस्तै व्यहोरा दर्शाउने भिन्तुना शुभकामना सन्देशहरु छ्याप्छ्याप्ति हुने यो मौकालाई केही व्यक्तिहरु विक्रम सम्वत्को विरोधमा बतुराउने अवसर ठान्छन् । नेपाल सम्वत् नाम दिइएको तर नेपालका सबै जातीय वा सांस्कृतिक समुदाय त के कुरा नेवारहरुमध्येमा पनि काठमाण्डौ उपत्यकाका सीमित समूहले राजनीतिक प्रयोजनका लागि मात्र सम्झिटोपल्ने नेवारी सम्वत् र विक्रम सम्वत् एक-अर्काका प्रतिस्पर्धी नै भएको भ्रम दिने गरी उनीहरु विवादको खेती गर्छन् । शीरदेखि पाउसम्म तिनको विचारको उद्देश्य यही हुन्छ कि कसरी नेवारी सम्वत्लाई खाटी नेपाली सम्वत्को खोल ओढाउने र विक्रम सम्वत्लाई चाहिँ कसरी सत्तोसराप गर्ने ! 
विरोध विक्रम सम्वत्को भए पनि त्यो एउटा निहुँ मात्र हो । मूलतः उनीहरुको उद्देश्य हो ब्राह्मणको विरोध । विक्रम सम्वत्लाई प्रतापी हिन्दू राजा विक्रमादित्यसँग जोडिएको भन्ने कताकति सुनेका ठेट्ना ज्ञानको भरमा उनीहरु विक्रम सम्वत्लाई ब्राह्मणवादको प्रतीक ठानेर सकुन्जेल प्रहार गरिरहेछन् । बबुरो नेपाल सम्वत् भनिने नेवारी सम्वत् यतिखेर उनीहरुको औजार भइरहेछ । त्यसो त नेवारी भाषालाई ुनेपाल भाषाु भन्ने र नेपालीजातिको साझा भाषा र नेपाल राष्ट्रको राष्ट्रभाषा ुनेपाली भाषाु लाई चाहिँ मुख ङिस्याएर ुखस भाषाु भन्ने जमात पनि यही हो । यो परिप्रेक्ष्यमा यस विषयमा छलफल गर्नु सामयिक हुन्छ कि के नेवारी भाषा र नेवारी सम्वत्ले ुनेपाल भाषाु र ुनेपाल सम्वत्ु को पगरी गुथेको सुहाएको छ त   
त्यसो त काठमाण्डौ उपत्यका कुवा जस्तो छ । त्यसैले होला यहाँ कुवाका ब्याङ्हरु पनि प्रशस्त छन् । कुवाको भ्यागुतो जब आफू उप्रुेर त्यो कुवा बाहिर पुग्न सक्दैन तब कुवालाई नै संसार ठान्छ र गजबको फूर्ति निकालेर ुट्वार् ट्वार्ु गर्छ । काठमाण्डौमा पनि त्यस्तो एउटा वर्ग छ पूरै समुदायलाई म भन्न चाहन्नँ जसले पूरै समुदायको नाम बेचेर ट्वार् ट्वार् गरिरहेको छ ।
तिनीहरुको दरिद्र मानसिकताले नेपाल भन्नासाथ काठमाण्डौ खाल्डो बुझ्छ राष्ट्रभाषा नेपाली भाषालाई ती ुखस भाषाु भन्न भ्याउँछन् र पृथ्वीनारायणजस्ता राष्ट्रनिर्मातालाई विस्तारवादी भन्न पनि हिच्किचाउँदैनन् । असलमा ती व्यक्तिहरुलाई नेपाल शब्द र नेवार शब्दको भेद नै मेसो छैन । ती यस्तो सोच्छन् मानौँ नेपाल नेवारबाटै बनेको हो र नेपाल भन्नु नेवार नै हो । त्यसैले तिनीहरु आफूलाई केन्द्रमा ठानेर मात्र सोच्ने गर्छन् ।
नेवारी भाषाले आज पूरा नेवार समुदायको त प्रतिनिधित्व गर्दैन भने कसरी त्यो पूराका पूरा नेपाललाई प्रतिनिधित्व गर्ने भाषा हुन सक्छ  जसलाई उनीहरु नेपाल सम्वत् भनेर विक्रम सम्वत्को सट्टामा राष्ट्रिय सम्वत् बनाउन खोज्दैछन् त्यसले नेवार समुदायमै त आफ्नो स्थान बनाएको छैन भने कसरी साराका सारा नेपालीको राष्ट्रिय सम्वत् बन्छ  ुवैशाखु भन्नासाथ ब्राह्मण क्षेत्री ठकुरी नेवार मगर गुरुङ्ग राई लिम्बु थारु चेपाङ्ग तामाङ्ग सेर्पा यादव मुसहर झाँगड सतार हायु दरै कुमाल बोटे कुसुण्डा राउटे जिरेल छन्त्याल सबैले बुझ्छन् तर ुकौलाथ्वु त नेवारले समेत बुझ्दैनन् ।
ुविक्रम सम्वत्ु भारतबाट आएको भन्ने तर्क दिँदै र उनीहरुले भन्दै आएको नेपाल सम्वत् नेपालमै उत्पत्ति भएको तर्क अघि बढाउँदै अब विक्रम सम्वत् हटाएर त्यही सम्वत्लाई नेपालको राष्ट्रिय सम्वत् बनाउनु पर्छ भन्ने जुन कुतर्कका बाग्जाल बुनिएका छन् त्यसको पछाडि भोटको तुच्छ राजनीति छ संकीर्ण मानसिकता छ र अझ भनौँ घृणावाद छ । काठमाण्डौलाई मात्र नेपाल ठान्ने र अझ काठमाण्डौ नेवारहरुको मात्र हुनु पर्छ भन्ने मानसिकताले यो वितण्डावादको जन्म गराएको हो । राजनीतिक फाइदाका लागि जातीय वा भाषिक आधारमा घृणा फैलाएर सुख सुविधा सोहोर्नेहरु र तिनका चण्डमुण्डहरु बाहेक सच्चा नेवार कसैले पनि यसको समर्थन गरेको छैन । नेवार एउटाको भाषा र सम्वत्लाई त्यत्रा अरु जातीय भाषिक तथा सांस्कृतिक समुदायमाथि थोपर्नु हुँदैन भनेर प्रत्येक असल नेवारले भन्छ । कुख्यात संकीर्णतावादीहरु आफ्नो राजनीतिक कुण्ठावश विक्रम सम्वत्लाई विदेशी सम्वत् भन्छन् नेपाली भाषालाई खस भाषा भनेर बबल्काउँछन् र नेपाललाई पुनः बाइसे-चौबिसेजस्ता टुक्रे राज्यहरुमा विभाजन गर्नु पर्छ भन्छन् । सायद सोच्दा हुन् दिउँसै रात पार्छौँ भनेर । विक्रम सम्वत्लाई विदेशी भन्नेहरुले एक दिन पशुपतिनाथ पनि विदेशी हुन् भन्लान् अरे के त्यो पनि मान्ने 
नेवारहरुले ती कुख्यात संकीर्णतावादीहरुलाई बॆलैमा चिन्नु पर्छ जो जन्मको हिसाबले आफ्नै समुदायका भए तापनि उनीहरुलाई भड्खारोमा जाक्न लागिपरेका छन् । नेवार समुदायलाई अरु जातीय भाषिक तथा सांस्कृतिक समुदायबाट खतरा छैन खतरा त नेवारको नाममा भोट बटुलेर राजनीति घृणाको खेती गर्नेहरुबाटै छ ।

 

नेपालमा जातीय सवाल र समाधान

नेपालमा जातीय सवाल र समाधान
(पहिलोपटक घटना र विचार साप्ताहिकमा “नेपालमा जातीय समस्याको सवाल र समाधान” शीर्षकमा प्रकाशित, मिति २०५७ कार्तिक २३ गते बुधवार।
राष्ट्रआवाज साप्ताहिकमा पनि धारावाहिक प्रकाशित, मिति २०५७ माघ-फागुन-चैत।
देशप्रेम साप्ताहिकमा वि.सं. २०६० फागुन २१ गते बिहीवार (वर्ष५ अंक ४०) देखि २०६१ जेठसम्मका विभिन्न अंकहरूमा धारावाहिक प्रकाशित।
काठमाण्डौ, पोखरा र विराटनगरमा आयोजित अन्तक्रिर्या कार्यक्रमहरूमा अवधारणापत्रका रूपमा प्रस्तुत।

Also published in: http://palpatansen.wordpress.com/2008/09/28/)

 

विषय प्रवेश

वि.सं. २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अवसान गराएपछि अनेकखाले जातीय संस्था, संगठन, मोर्चा तथा राजनीतिक पार्टीका सक्रियताले जातीय आन्दोलनमा प्रशस्त बहस, छलफल तथा अन्तक्रिर्याको थालनी भयो। त्यस यताको समयमा ‘जनजाति’, ‘आदिबासी’ तथा ‘दलित’ शीर्षकमा विविध गतिविधिहरू संख्यात्मक रूपमा बढेका छन्। ‘मधेशी आन्दोलन’ को सन्दर्भ पनि यस कालखण्डमा नेपाली राजनीतिको एक सवालका रूपमा रहिरह्यो। मूलप्रवाहबाट बाहिर पर्न गएका, अवसरहरूबाट वञ्चित समुदायले राज्यका हरेक तहमा भागिदारी खोज्ने जायज मागलाई सम्बोधन गर्नैपर्छ भन्नेमा मतैक्य बढ्दो छ। यद्यपि यसै सन्दर्भमा नेपाली समाजमा कि त जातीय सवालमा पटक्कै थाहा नभएझैं चुपचाप बसिदिने, कि त्यसलाई अनावश्यक हदसम्म उराल्ने प्रवृत्तिहरू पनि नदेखिएका होइनन्। समाजलाई यथास्थितिमा राख्नु पर्छ भन्ठान्नु वैज्ञानिकतायुक्त दृष्टिकोण होइन र त्यो स्वीकार्य पनि छैन। कसैले चाहँदैमा समाज यथास्थितिमा टक्क रोकिएर बस्ने पनि होइन। त्यसो हुँदा नेपालमा जातीय सवालमा नयाँ-नयाँ दृष्टिकोणहरू आउनु र ‘जनजाति’, ‘आदिबासी’, ‘मधेशी’ र ‘दलित’हरूले आफ्ना भूमिकालाई पुनः परिभाषा गर्न चाहनु स्वाभाविक हो। अनि, नेपालजस्तो बहुजातीय भनिने देशमा जातीय सवालमा बहस, छलफल तथा अन्तक्रिर्याको थालनी हुनु राम्रो हो किन भने वादको विवादलाई सम्वादमा परिणत गरेर समाजका लागि उपयुक्त निकास निकाल्न सकिएमा यस्ता बहस, छलफल तथा अन्तक्रियाले अपूर्व अवसर समेत प्रदान गर्न सक्छन्। तर यस्ता सवाललाई बुद्धिमत्तापूर्वक सम्बोधन र तिनले उठाएका सवाललाई सही तरिकाले समाधान गर्न नसक्दा परिणाम त्रासदीपूर्ण हुने खतरालाई पनि बिर्सन मिल्दैन। कुनै पनि सवालको जरोसम्म पुग्न सबै पक्ष हेर्नु पर्ने हुन्छ। जातीय सवालका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन्। सकारात्मक तत्व ग्रहण र नकारात्मक तत्व निराकरण नगरी ‘जातीय आन्दोलन’ सही दिशामा अघि बढ्न सक्दैन। अनेक खालका व्यक्ति तथा संस्थाको सहभागिता रहेको यो ‘आन्दोलन’ मा कस्ता व्यक्ति वा समूह नेतृत्वदायी भूमिकामा छन् भन्ने कुराले जातीय सवालका बहस, छलफल तथा अन्तक्रिर्याको सकारात्मक वा नकारात्मक कुन दृष्टिकोणले प्रधानता पाउँछ भन्ने निक्र्योल हुन्छ। ‘जातीय आन्दोलन’ मा सहभागिताको स्वरूपबारेमा हामी तल (प्रकरण-दुई) चर्चा गर्ने छौं, यहाँनेर कम्तीमा यति चाहिं भन्न सकिन्छ कि आफूलाई ‘आदिबासी’ वा ‘जनजाति’ तथा ‘दलित’ का प्रतिनिधिका रूपमा दाबी गर्नेमध्ये अधिकांशको प्रयत्न मूल-प्रवाहबाट बाहिरिएकाहरूलाई समेटेर समष्टि एकतालाई बल पुर्याउनेपट्टिपट्ट छ भनेर ढुक्क हुने स्थिति छैन। कतिपयको प्रवृत्ति घृणाको खेती गर्नेतर्फलहसिएको स्पष्ट देखिन्छ। यतिखेर देशमा जातीय-ध्रुविकरण प्रक्रिया अनावश्यक हदसम्म बढाउन खोजिएको छ। यसरी नेपालको ‘जातीय-आन्दोलन’ दिग्भ्रमित भई देश जातीय-घृणायुद्धको चपेटामा पर्न सक्ने खतरा बढ्दो छ। जातिवादी घृणाको खेतीले संसारमा कसैको हित भएको छैन भन्ने तथ्य थाहा पाएर पनि त्यही विषवृक्षलाई मलजल गर्ने कार्य भइदिनु देश-समाजको स्वास्थ्यका लागि हितकारी पक्कै हैन। यस्तो स्थितिमा जातीय आधारमा सुरु गरिएका ‘आन्दोलन’ वा अभियान यथाशीघ्र सही दिशा निर्देशन हुन सकेन भने देश तथा समाजलाई अकल्पनीय हानि पुग्नेछ। तर यदि हामीले यो जातीय-आन्दोलनमा परिचालित उर्जालाई सही किसिमले परिचालन गरेर आ-आफ्नो विशिष्ट जातीय-पहिचानका साथमा ‘एक नेपालीजाति’ का रूपमा विकास भइसकेको हाम्रो साझा आत्मचेतमा अझ दृढतापूर्वक एकताबद्ध हुन सक्यौं भने, अर्थात् वृहद्-नेपाली-जातीय अवधारणा आत्मसात् गर्न सक्यौं भनेचाहिं हाम्रो भविष्य उज्यालो छ। विखण्डनको निमित्त निहुँ खोज्ने हो भने त्यस्तो निहुँ जहिले पनि जहाँ पनि भेटिनेछ र एकताको निमित्त आधार खोज्ने हो भने पनि पाइला-पाइलामा पाइनेछ। घृणालाई सम्बन्धको आधार बनाउने हो वा प्रेमलाई? निर्णय त हामीले गर्नुछ कि के हो हाम्रो अभीष्ट। सहृदयी एकताले उज्यालो भविष्यतिर डोर्याउनेछ र विद्वेषपूर्ण विखण्डनले विनाशलाई निम्त्याउनेछ। विनाश रोज्ने हो वा उज्यालो भविष्यका साथमा सुरुचिपूर्ण वर्तमान रोज्ने? हामीले यसको निर्णय गर्ने बेला आइसकेको छ। हाम्रो समाज यतिखेर चौबाटोमा किंकर्तव्यविमूढ उभिएको छ। हाम्रा अगाडि धेरै समस्या र सवालहरू छन्। तीमध्ये जातीय सवाल पनि एक हो। यसलाई सम्बोधन तथा यसले उठाएका समस्याहरूलाई समाधान नगरी अघि बढ्न चाहनु भनेको घाउलाई छोपेर बेवास्ता गरेजस्तै हो। घाउलाई छोप्नु क्षणिक विस्मृतिका लागि एउटा उपाय हुन सक्ला, तर यो घाउको उपचार पक्कै होइन। यदि राष्ट्रलाई जातीय विद्वेषको भुंग्रोबाट बचाउने हो भने अब राज्यतहबाट साथै जनस्तरबाट पनि नेपालको जातीय सवाललाई ध्यान दिनु र समस्या समाधान गर्नेतर्फइमान्दार कदम चाल्नु जरुरी भइसकेको छ। जुनसुकै कुराको पनि एउटा बेला हुन्छ र त्यो बेला भड्किएपछि पछुताउनु बाहेक अरु उपाय काम लाग्दैन। भोली पछुताउनु नपरोस् र जातीय सवाल सहजै समाधान गर्न सकियोस्। यसको लागि जातीय ‘आन्दोलन’ वा अभियानमा परिचालित उर्जालाई समय छँदैमा सही ढङ्गले परिचालन गर्न सक्नुपर्छ। ‘जातीय आन्दोलन’ मा सहभागिताको स्वरूप नेपालमा अचेल अनेक प्रकारका संगठनहरू रहेका छन्। संघ-संस्था खोल्न पाउनु मानवअधिकार मानिन्छ र यसलाई मौलिक हकका रूपमा राज्यले संवैधानिक प्रत्याभूति दिएको पनि छ। वि.सं. २०४६ सालको जनआन्दोलनले ल्याएको परिवर्तनपश्चात् राजनीतिक दल, (पार्टी र तिनका जनवर्गीय वा भ्रातृ) संगठन, धार्मिक-सांस्कृतिक-सामाजिक संस्था, गैरसरकारी संस्था (एन.जी.ओ.), क्लब, गुठी, साहित्यिक संस्था, ट्रेड युनियनलगायतका पेशागत संघ-संगठन आदिको संख्यामा ठूलो मात्रामा बढोत्तरी भएको छ। ती बाहेक विभिन्न जात, जाति वा ‘जनजाति’ को नाममा पनि संगठनहरू खुलेका छन्। अझ सूक्ष्म तहमा गएर थर तथा गोत्रका आधारमा समेत संगठन स्थापना भएका देखिन्छ। ब्राह्मण-क्षेत्री समुदायमा थर-गोत्रका आधारमा संस्था बनाएको देखिन्छ। अध्ययनबाट देखिएको छ- थर तथा गोत्रका आधारमा स्थापना भएका संगठनहरू मूलतः वंशवृक्ष पत्ता लगाउने र वंशावली छाप्ने काममा रुचि राख्छन्। वाषिर्क (वा कुनै निश्चित समयावधिमा) भेला गरी एउटा औपचारिक नेतृत्व चयन गर्नु, कुलपूजा मनाउनु र आफ्नो थर-गोत्रका केही व्यक्तिलाई पुरस्कार, सम्मान, अभिनन्दन दिनु आदि सामाजिक-सांस्कृतिक गतिविधिमा सन्तुष्ट हुने यस्ता संगठनको कुनै राजनीतिक उद्देश्य देखिंदैन। ब्राह्मण-क्षेत्री नेपालको सामाजिक मूलप्रवाहका अग्रणी समुदाय भएकाले राजनीतिक उद्देश्यका लागि जातीय संगठन खोलेर ‘भोट ब्याङ्क’ को चाल चल्नु हुँदैनथ्यो। संक्षेपमा भन्नु पर्दा, ब्राह्मण-क्षेत्रीले जात वा थर वा गोत्रका आधारमा खोलेका संगठनको उद्देश्य हेर्दा यिनीहरूलाई ‘जातीय आन्दोलन’ अर्न्तर्गत राख्नु पर्ने कुनै कारण देखिंदैन। जुन ‘जातीय आन्दोलन’ को चर्चा हुने गरेको छ, त्यसमा सक्रिय प्रायः जातीय संगठनहरू ‘जनजाति’, ‘आदिबासी’, ‘दलित’ भनिने गरेका समुदायसँग सम्बद्ध देखिन्छन्। नेपालमा ‘आदिबासी’ तथा ‘जनजाति’ शब्दावलीका मनचिन्ते परिभाषा हुने गरेका छन्। आदिबासी भन्दा फाइदा हुने बेलामा आदिबासी र जनजाति भन्दा फाइदा हुने बेलामा जनजाति संज्ञा धारण गर्ने गरेका टपर्टुइयाँहरूले पछिल्ला दिनमा त ‘जनजाति’ र ‘आदिबासी’ आपसमा समानार्थक नै भएको भ्रमलाई स्थापना गराउन करीब करीब सफलता पाएका छन्। खासगरी नेपालका कम्युनिस्टहरूले प्रयोग गर्न सुरु गरेका ‘जनजाति’ शब्दावली अस्वाभाविक तीव्र गतिमा नेपालमा स्वीकृत भयो। जातीय आन्दोलनमा घुसी नेतृत्व हत्याउन सफल भएका छद्म र घोषित कम्युनिस्टहरू हाबी रहेका संगठन (’जनजाति’ का नाममा खुलेका) को दबाबमा सरकारले यस शब्दावलीको जुन परिभाषालाई औपचारिकता दिएको छ, त्यो ‘कम्युनिस्ट प्रोपागान्डा’ले पाएको विजयको एक उदाहरण हो। संक्षेपमा भन्नु पर्दा, ‘जनजाति’ का नाममा सक्रिय संगठन तथा व्यक्ति (’जनजातिवादी’) नै नेपालमा यतिखेर चर्चित ‘जातीय आन्दोलन’ का सबै भन्दा मुखर घटक हुन्। ‘नेवार’ कुनै जाति वा ‘जनजाति’ विशेष होइन। वास्तवमा यो त विभिन्न जातीय घटकहरू सम्मिलित ‘भाषिक समुदाय’ हो। भाषाको एउटा समान आधारबाहेक यो बहुजातीय, बहुसांस्कृतिक र मूलतः द्वि-धार्मिक समुदाय हो। यसलाई ‘जनजाति’ भन्न त झन् रत्तिभर आधार छैन। तर ‘कम्युनिस्ट प्रोपागान्डा’ को फलस्वरूप नेवार पनि ‘जनजाति’ भनिने गरेको विडम्बना यहाँ देखियो। ‘नेवारलाई जनजाति भन्नु हुँदैन’ भन्नेहरू त्यहीँ समुदाय भित्र पनि ठूलो संख्यामा छन्, सम्भवतः बहुमतमा। तर प्रोपागान्डामा माहिर रहेका छद्म र घोषित कम्युनिस्टहरू नेवारी संगठनमा हाबी रहेका कारणले नेवार समुदायभित्र ‘जनजाति’वादीकै डाँको चर्को सुनिने गरेको छ। यसै कारणले यथार्थको विरुद्ध नै भए तापनि नेवार समुदाय पनि ‘जनजाति आन्दोलन’ को एक प्रमुख घटक मानिने गरेको छ। ‘मधेशी आन्दोलन’ भनेर जेलाई भनिने गरेको छ, त्यसमा कुनै एउटा जातिविशेषको मात्र सहभागिता नभएकाले त्यसलाई ‘जातीय आन्दोलन’ भित्र समावेश नरहेको छुट्टै ‘आन्दोलन’ मान्नु पर्ने देखिन्छ। अनि ‘मधेशी’ समुदाय भित्रका जातीय घटकहरूका आ-आफ्नै जातीय संगठन पनि खोलिएका देखिन्छन्। तर ‘मधेशी आन्दोलन’ का सहभागीहरूको चाहना पनि उनीहरूलाई छुट्टाछुट्टै जातीय घटकको रूपमा भन्दा पनि समष्टिमा ‘मधेशी’ भन्ने रहेको देखिन्छ। यस पुस्तकमा ‘जातीय सवाल’ भनेर ‘मधेशी आन्दोलन’ को सन्दर्भलाई पनि सामेल गरिएको छ, किनभने यसको प्रवृत्ति ‘जातीय आन्दोलन’ को भन्दा फरक देखिदैन। नेपालमा ‘दलित आन्दोलन’ पनि ‘जातीय आन्दोलन’ को अर्को स्वरूप हो। समाजले शताब्दीयौंसम्म अन्यायमा पारेको ‘दलित समुदाय’ मूलप्रवाहमा आउन चाहन्छ। पहाडी र मधेशी दुवै खालका ‘दलित’हरू यसमा संलग्न छन्। वि.सं. २०४७ सालपश्चात् मुलुकमा थुप्रै किसिमका जातीय संघ/संस्था/ संगठन/पार्टी आदि खुले। पञ्चायती व्यवस्थाको उत्तर्रार्द्धमै यस्तो सोच आउन थालिसकेको भए तापनि ‘दलित’, ‘आदिबासी’, ‘जनजाति’, ‘मधेशी’ आदि संज्ञाका आधारमा नौलोखालको ध्रुवीकरण नेपाली समाजमा खासगरी वि.सं.२०४६ सालपश्चात् नै देखिएको हो। बहुदलीय संसदीय प्रणालीको आरम्भसँगै विभिन्न व्यक्ति वा समूहका महत्वाकांक्षाको मूल फुट्नु अनौठो कुरा थिएन। त्यस्तो महत्वाकांक्षा सकारात्मक र नकारात्मक दुवै किसिमको रहेको हामी पाउँछौं। अनेक जातीय समुदायहरूमा भाषा तथा संस्कृति लगायतका जातीय पहिचान संरक्षण गर्ने इच्छाशक्ति पलाउनु त्यसको सकारात्मक पाटो रह्यो। अर्कोतिर, आफू र आफ्नो समुदायलाई अगाडि बढाउने उपाय खोज्ने क्रममा ‘जातीय र्सदारी’ पनि एउटा विकल्प ठान्नेहरूको बिगबिगी बढ्नु नकारात्मक पाटो रह्यो। जसका कारण एउटै जातीय समुदायलाई लक्षित गरेर एकभन्दा बढी संगठन खुलेका देखिन्छ। यीमध्ये कतिपय संस्थाको अस्तित्व प्रचार माध्यममा रहेतापनि तिन्को प्रभावकारिता नाममात्रको, अत्यन्त न्यून रहेको वा प्रभावकारिता शुन्यमात्रामा रहेको देखिन्छ। तीमध्ये कतिपयको त संस्थाका स्वयम् घोषित नेताका लहडबाजी अनुसार बेला-कुबेला नीति बदलिइरहने भएकाले लक्ष्य र उद्देश्य के-कसो हो भन्ने खुट्ट्याउननै गाह्रो छ। नेपाल जनजाति महासंघमा करीब तीन दर्जन बढीको संख्यामा जातीय-संगठनहरू सामेल रहेका बताइएको छ। तिनीहरूमध्येमा प्राप्त भएकाजति संगठनका घोषणापत्र, नीति, कार्यक्रम हेर्दाखेरी नेपालको जातीय सवाललाई हल गर्ने सन्दर्भमा विभिन्नखालका धारहरू देखापरेका छन्। नेपालमा जातीय सवालमा सक्रिय रहेकाहरूमा बौद्धिक व्यक्तिहरू पनि छन् र कतिपय साँच्चै नै असल नियतले यसमा लागिपरेका पनि छन्। तर ‘जनजाति’ वा ‘आदिबासी’ का नाममा भइरहेका खेललाई बुझ्न उनीहरूको चेहरा मात्र पर्याप्त हु“दैन। अन्य उपायबाट राजनीतिरूपी आफ्नो ‘पेशा’ नचलेपछि ‘नेता’ बन्नैपर्ने सोख पुरा गर्नकै लागि मात्र जातीय संस्थामा हाम्फालेकाहरू पनि यहाँ नभएका होइनन्। ‘आदिबासी’ वा ‘जनजाति’ का उत्थानको निमित्त भनेर खोलिएका एन.जी.ओ./आई.एन.जी.ओ. पनि कम छैनन्। एन.जी.ओ./आई.एन.जी.ओ.को सक्रियतासँगै ‘जनजाति’-’आदिबासी’ को नाममा विदेशबाट डलर बर्सने र खाने मानसिकताका व्यक्तिहरू पनि ‘आन्दोलन’ मा लाग्न पुगेका छन्। कतिपय व्यक्ति तथा संस्था त जातीय ध्रुवीकरण गराई पाषणयुगीन कबिलाको ‘र्सदार’ जस्तो बन्न चाहने सोच (कबिला मानसिकता) ले डोरिएर आएको देखिएको छ। यसका साथै वर्तमान राज्यसत्ता ‘ध्वंश पार्ने’ उद्देश्य परिपूर्तिका निम्ति सशस्त्र युद्धरत नेकपा (माओवादी) ले आफ्नो छातामुनि छिट्छिटो धेरै जनसमुदाय समेटिऊन् भन्ने उद्देश्यले ‘स्थानिय-जातीय-अहंकारवाद’ लाई बढावा दिंदै ‘आत्मनिर्णयको अधिकारसहितको जातीय-स्वशासन’ को शब्दावलीलाई अगाडि राखेर करिब-करिब कबिलाई-मानसिकताकै पोषण गरेको तथ्य पनि यहाँ स्मरणीय छ। नेपाली समाजमा जातीय सवालका सन्दर्भमा के-कस्ता अवधारणाहरू प्रचलित रहेका छन् भन्ने अध्ययन गर्नुअघि यस तथ्यलाई ध्यान पुर्याउनु जरुरी छकि बहुदलीय व्यवस्था पुनःस्थापनापश्चात् देशको राजनीतिक मूलधारमा रहेका नेपाली कांगे्रस, नेकपा (एमाले) र राप्रपा जस्ता पार्टीले सही एवं प्रष्ट जातीय-नीति अख्तियार गर्न सकेकोभए बर्खामा च्याउ उम्रेझैं जातीय संस्था/संघ/संगठन वा मोर्चा/पार्टी इत्यादि जन्मने र तिन्का ‘दोकान’ चल्ने स्थिति आउनेनै थिएन। अहिले देशमा जातीय-राजनीतिको हुण्डरी चल्नसक्नुको अर्थ यही हो कि मूलधारमा रहेका पार्टीले जातीय सवाललाई राम्ररी हल गर्न सकेनन्। तर यी पार्टीमा रहेको जातीयनीति बारेको अस्पष्टता तथा लचकताको सकारात्मक पक्ष पनि छ। ती पार्टीमा रहेको जातीयनीतिसम्बन्धी अस्पष्टता तथा लचकताको कारणले फाइदा तथा बेफाइदा दुबै भएको देखिन्छ। फाइदा केभने जातीय आन्दोलनमा नकारात्मक सोंच भएका विकृत चेहराहरू यी पार्टीभित्र बलिया हुन पाएनन्। बेफाइदाचाहिँ केभयो भने यिनीहरूको नीतिका कारण पैदा भएको खाली ठाउँमा अतिवादीहरूले नाच्ने मौका पाउन थाले। अर्कोकुरा केपनि ख्याल राख्नुपर्छभने चुनावमा ‘भोट’ पाउने सम्भावना देख्नासाथ आफ्नो जातीयनीतिसम्बन्धी अस्पष्टता तथा लचकताको खोलबाट हतारिँदै बाहिर आएर क्षणिक फाइदाकालागि गलत कार्य गर्न समेत यी पार्टी तम्तयार रहेको देखिएको छ। र, यस प्रवृत्तिका कारण यदाकदा ‘जातीय-सर्दारी’-मानसिकता भएका व्यक्तिहरूलाई पुठ दिने कार्यपनि ती पार्टी नेतृत्वबाट भएको छ। आमनिर्वाचन २०५६ भन्दा अगाडि कांग्रेस-एमालेको संयुक्त चुनावी सरकारले चुनावमा फाइदा पुग्ने सम्भावना देखेर नेपालीजातिलाई ‘जाति’ तथा ‘जनजाति’का रूपमा छुट्ट्याउनेजस्तो गलत कार्य गरेको उदाहरण यहाँ स्मरणीय छ। जातीय आन्दोलनमा सहभागिताको स्वरूप सन्दर्भमा चर्चा गर्दा यसमा सहभागीहरूको नीति तथा प्रवृत्ति फरक-फरक रहेको देख्न सकिन्छ। कतिपयले ‘संघिय-व्यवस्था’मा जोड दिएका छन् भने कतिपयलेचाहिँ ‘स्वशासनको व्यवस्था’को पक्ष लिएका छन्। यस मध्ये ‘संघिय-व्यवस्था’को पक्षमा क्षेत्रिय तथा जातीय पार्टीका संस्थाहरू छन्।उदाहरणार्थ- एउटा क्षेत्रविशेषमा आफ्नो राजनीति केन्द्रित गरेको नेपाल सद्भावना पार्टीको सोच पहाड र मधेश गरी दुई प्रान्त बनाउने रहेको बुझिन्छ; जातिविशेषमा राजनीति केन्द्रित गर्ने जनमुक्ति पार्टीले ‘जातीय समानुपातिक प्रतिनिधित्व’मा जोड दिँदै प्रशासनिक क्षेत्रमा आधारित संघिय-संरचनाको माग गरेको बताइएको छ। तीबाहेक संघिय-संरचना चाहनेहरूमा केहिले विकास क्षेत्रका आधारमा पाँचवटा संघराज्यहरूमा र अर्काथरीले जातीय आधारमा बाह्रवटा संघराज्यहरूमा विभाजन गरी संघिय-संरचनाअनुरूप शासन चलाउनुपर्ने धारणा अघि सारेको पनि देखिन्छ। ‘स्वशासनको व्यवस्था’ द्वारा नेपालको जातीय समस्याको हल गर्नुपर्छ भन्ने प्रवृत्तिको प्रतिनिधित्व खास गरेर वामपन्धी धारका जातीय मोर्चा/संघ-संस्था तथा व्यक्तिहरूले गर्दैआएका छन्। नेपालका कम्युनिस्ट पार्टी घटकहरू माओवादी, मसाल, माले, मालेमा, एकताकेन्द्र आदिले यस कुरालाई उठाएको प्रष्ट देखिन्छ। यसभित्रपनि दुई खेमा रहेको बताइन्छ। एकथरी ‘आत्म-निर्णयको अधिकार’ सहितको ‘जातीय स्वशासन’को माग गर्ने र अर्काखालेचाहिँ ‘स्थानिय स्वशासन’को माग गर्ने। ‘माओवाद’ र ‘जनयुद्ध’का अलावा कहिँ जातिगत र कहिँ क्षेत्रगत आधारमा खम्बुवान, लिम्बुवान, तमुवान, मगराँत, थारुवान, तामाङ्, मधेशी, कर्णाली आदि नाममा ‘मोर्चा’ खोल्दिने नीति लिएर संगठन बिस्तार गरेको नेकपा (माओवादी) र त्यसका जातीय मोर्चाहरूले ‘आत्म-निर्णयको अधिकार’ सहितको ‘जातीय स्वशासन’को पक्ष लिएको उनीहरूको दस्ताबेजबाट स्पष्ट देखिन्छ। अर्काखालेमा नेकपा (मसाल) र नेकपा (माले) ले ‘स्थानिय-स्वशासन’ र नेकपा-माले) र नेकपा (एकताकेन्द्र)ले ‘जातीय-स्वशासन’ को माग राखेको बताइन्छ। यी विविधताका बीच पनि यिनीहरूमा मूल कुरामा भने मतैक्यता पाउन सकिन्छ,- त्यो के भने “जातीय समस्यालाई वर्गीय समस्याकै रूपमा उठाउनु पर्ने” भन्ने शब्दावली यी वामपन्थी धारका जातीय मोर्चा/संघ-संस्था तथा तिनका ‘माउ’ पार्टी सबैको साझे छ। कम्युनिस्ट समूहमा हेर्ने होभने जातीय विद्वेषको आगो सल्काएर न्यानो महसुस गर्ने आत्मघातीमा कथित जनजातिका साथै बाहुन-क्षेत्रीहरूपनि रहेका छन्। नेपालमा जातीय आन्दोलनमा सहभागी भएकामध्ये अधिकांश व्यक्तिहरू कस्ता किसिमका रहेका छन् भनेर अध्ययन गर्दा कित आफूलाई कम्युनिस्ट मान्ने, वा कुनैबेला जल्दोबल्दो कम्युनिस्ट रहेका र पछिचाहिँ पार्टी विस्थापित भएर जातीय नारा उराल्न आइपुगेका व्यक्तिहरूको हालिमुहालि यस क्षेत्रमा रहेको छ। तर कम्युनिस्ट वा भूतपूर्व-कम्युनिस्ट व्यक्तिहरूका साथसाथै पछिल्ला दिनहरूमा चरित्रका हिसाबले हेर्दा जातीय आन्दोलनको क्षेत्रमा धेरैथरीले चलखेल गरेका छन्। पञ्चायती व्यवस्थामा अनेक उपायले मन्त्री, रा.पं.स., अञ्चलाधीश आदि बन्न सफल रहेका, तर बहुदलीय संसदीय राजनीतिमा टिक्न नसकेका व्यक्तिहरू जातीय भावना भड्काई नेतृत्व लिएर भएपनि नेता बनिरहने ‘शोख’ पूरा गर्न जातीय आन्दोलनमा सरिक भएका देखिन्छन्। साथै नेपाली कांग्रेस, एमाले, राप्रपा आदिजस्ता पार्टीमा टिक्न नसकेपछि उग्र-उग्र कुरा गरे, जात-जातको भागबण्डा गराउन सके केहि भाग पाइहालिन्छ कि भनेर यता तर्फ हाम्फाल्नेहरूपनि छन्। अनि यस क्षेत्रमा कुनै निश्चित धारणा बनाउन भ्याइनसकेका, तर ‘मोर्डन’ तथा ‘हिरो’ बन्ने लोभमा बेलानकुबेला जथाभाबी ‘बाहुनवाद’लाई टोकसीरहने अंग्रेजीबाज ‘बिकासे’ बाहुन-क्षेत्रीहरूपनि देखिएका छन्। राजनीतिमा ‘आउट डेटेड’ (गतार्थ) भइसकेपछि नेता बन्ने धोको पूरा गर्न उट्पट्याङ बोल्ने, बाह्र-सत्ताइस बबल्काउनेहरूको भीड बढेकाले जातीय आन्दोलन सही दिशामा अघि बढ्ला भनेर ढुक्क हुने आधार अद्यापि देखिएको छैन। अझ ‘जनजाति’ आन्दोलनको क्षेत्रमा क्रिश्चियनहरूले उचालेका, विदेशीहरूद्वारा निर्देशित, ‘डलर’मुखी मानसिकता भएका तथा आफ्नो दिमाग पराइको जुठोल्नो बनाइसकेका व्यक्तिहरू पनि संलग्न भएको स्थितिलाई देखेर विचार गर्दा नेपालको जातीय-आन्दोलन दिग्भ्रमित/पथभ्रान्त भइरहेको संकेत प्रष्टैसंग मिल्छ। नेपालमा आफूलाई ‘मार्क्सवादी’ वा ‘मार्क्सवादी-लेनिनवादी’ वा ‘मार्क्सवादी-लेनिनवादी-माओवादी’ वा ‘मार्क्सवाद-लेनिनवाद-माओविचारधाराको अनुयायी’ भन्ने र ‘अन्तर्राष्ट्रियतावादी’ भएको चर्को दाबी पनि गर्ने कम्युनिस्टहरूले एक सिङ्गो नेपाली राष्ट्रियतामा समेत नअटाएर जातीय र क्षेत्रीय खिचडी पकाउनमा बढी जोड दिनु विडम्बनापूर्ण त छँदैछ, उनीहरूका हकमा हास्यास्पद र राष्ट्रका निमित्त चाहिँ घातक छ। कतिपय अवस्थामा क्षणिक फाइदाकोनिम्ति पूर्णरूपेण जातिवादी व्यक्ति वा संगठनलाई पनि कम्युनिस्टहरूले काँध चढाउने गरेको उदाहरण छ;- जस्तोकि खम्बुवानको नाममा खोलिएको ‘मोर्चा’ कुनैपनि दृष्टिकोणबाट ‘कम्युनिष्ट’ थिएन, बरु अत्यन्त संकिर्णतावादी संगठन थियो, यस तथ्यलाई जान्दाजान्दैपनि नेकपा(माओवादी)ले आफ्नो ‘छाता’ प्रदान गरेको उदाहरण छ। एमाले र अन्य पार्टी पनि यस्ता कार्य गर्नबाट चोखा छैनन्। सिद्धान्तले अर्ध-कम्युनिस्ट (अर्ध-मार्क्सवादी) र व्यवहारले मध्यमार्गी राजनीतिक दल नेपाली कांग्रेस र गैर-कम्युनिस्ट राप्रपा पनि चुनावी फाइदा हुनेभएमा जो-कसैलाई जेसुकै छुट दिन तयार रहने गरेको कुरालाई पनि यहाँनेर सम्झनुपर्ने हुन्छ। यस्तैकिसिमका गलत नीतिका कारण देश नितान्त जातिवादी भासतिर धकेलिने खतरा कायमै छ। संक्षेपमा भन्दाखेरीमा, ‘संघिय-व्यवस्था’ तथा ‘स्वशासनको व्यवस्था’का पक्षधरहरू दुबैखालेले पृथ्वीनारायण शाहको नेतृत्वमा गरिएको राष्ट्रिय एकीकरणको मूल मर्मलाई विकृत पार्ने र त्यसलाई प्रत्यक्षतः वा परोक्षतः अस्वीकार गर्दै नेपाल अधिराज्यलाई पुनः टुक्रा-टुक्रामा बाँडचुँड गर्ने नीति लिएका छन्। जबकि मार्क्सीय अवधारणा अनुसार नै हेर्ने हो भनेपनि श्री ५ पृथ्वीनारायण शाहको महान् नेतृत्वमा सञ्चालित एवं सम्पन्न महान् एकिकरण अभियानको विरोध गर्नु गलत कार्य हो। नेपालको तत्कालीन अर्थ-राजनीतिक, भू-राजनीतिक तथा ऐतिहासिक आवश्यकताको कारणले नै उक्त महान् एकीकरण सम्पन्न भएको हो। तर यस तथ्यलाई बुझ पचाएर गलत किसिमबाट व्याख्या गर्ने र जातीय आन्दोलनलाई राष्ट्रिय एकीकरणको विरुद्धमा लान खोज्ने प्रवृत्ति बढेको छ। योपनि नेपालमा जातीय सवालको आडमा मौलाएको विकृति हो। जातीय सवालमा तुच्छ राजनीतिक स्वार्थ एवं जातीय-संकिर्णताको घेराभन्दा परै रहेर इमान्दारी पूर्वक चिन्तन गर्नेहरूपनि नभएका होइनन्। व्यक्तिगत रूपमा हामी स्वयं तथा थुप्रै अन्य विद्वानहरू र संस्थागत रूपमा ‘नेपाली भाषा-संस्कृति परिषद्’ र ‘युग निर्माण अभियान’ तथा अन्य कतिपय संस्थाले सकारात्मक पहल गरिरहेको कुरा यहाँ उल्लेखनीय छ। ‘नेपाली भाषा-संस्कुति परिषद्’को प्रथम राष्ट्रिय सम्मेलन (वि.सं. २०५५)मा मैले संस्थापक महासचिवको हैसियतले प्रस्तुत गरेका प्रस्तावहरूलाई पारित गरिएको थियो, जसमा अन्य प्रस्तावहरूका साथसाथै जातीयनीति बारेको प्रस्ताव पनि रहेको थियो। उक्त राष्ट्रिय सम्मेलनमा पारित जातीयनीति अनुसार परिषद्ले ‘जाति’ र ‘जनजाति’को विवादभन्दा माथि उठेर ‘एक नेपालीजाति’को वृहद् अवधारणालाई स्वीकार गरेको थियो (जसको मूलपाठ यसअघिनै सम्पूर्ण रूपमा र्सार्वजनिक भइसकेको छ। यसपछि वि.सं. २०५७ मा मैले प्रस्तुत गरेको ‘नेपालमा जातीय समस्याको सवाल र समाधान’ शीर्षक प्रस्तावना (कार्यपत्र)लाई नेपाली भाषा-संस्कृति परिषद्को आधिकारिक जातीयनीतिको रूपमा पारित गरिएको थियो (यसको मूलपाठ पनि सम्पूर्ण रूपमा यसअघिनै पटक-पटक प्रकाशित भइसकेको छ। युग निर्माण अभियान, नेपालले पनि सोही जातीय नीतिलाई आफ्नो आधिकारिक नीतिको रूपमा स्वीकार गरेको यहाँ स्मरणीय छ। नेपाल तथा एवं सम्पूर्ण ‘नेपालीजाति’को लागि हितकारी, सही किसिमको जातीयनीति त्यसमा निहीत छ। अहिले यतिखेर यी पंक्तिहरू लेख्नु’को उद्देश्य पनि जातीय सवालमा तुच्छ राजनीतिक स्वार्थ एवं जातीय-संकीर्णताको घेराभन्दा परै रहेर इमान्दारी पूर्वक चिन्तन गर्ने, त्यस्तो चिन्तन गर्ने परिपाटीलाई बल पुर्याउने र आफ्नो गच्छेअनुसार यसको समाधानमा योगदान पुर्याउने हो। दुबै किसिमका अतिवादीहरू र जिम्मेवार निकायको ध्यान यस समस्याको सही समाधानतर्फ आकृष्ट गर्न सकेमा र बहस, अन्तरक्रिया, छलफलले एउटा सही दिशा निर्देश गर्न सकेमा त्यसले राष्ट्र एवं समाजलाई फाइदै पुग्नेछ। समस्या के हो त? यदि कसैले नेपालमा जातीय समस्या नै छैन भन्छ भने कि त त्यो अयथार्थवादी, कि एक किसिमको ‘अतिवादी’ नै हो। अनि, जसरी नेपालमा जातीय समस्या छँदैछैन भन्नु एकखालको अतिवाद हुनजान्छ; त्यसरी नै नेपालमा जातीय समस्या एकदम बढी मात्रामा छ र त्यो जातिभेदको स्तरकै छ भनेर भन्नु झन् अतिवाद हुन्छ। यथार्थवादी कुरा केहोभने जब नेपालमा जाति-जनजातिको यत्रो गाइँगुइँ छ भने समस्या त पक्कै छ, तर उत्पातै ठूलो र असाध्य समस्या यो होइन। जेहोस्, यदि समस्या छ भने त्यसलाई सुल्झाउनु नै बुद्धिमानी कुरा हो। तर्सथ जातीय सवाललाई जतिसक्दो चाँडो समाधान गर्नुपर्छ। यदि समस्या समाधान गर्ने हो भने र्सवप्रथम त समस्याको जरो पत्ता लगाउन सक्नु र्सवाधिक महत्वको कार्य हो। समस्या कहिलेपनि एक-आयामी हुँदैन र यसका पछाडी विभिन्न कारणहरू हुन्छन्। तसर्थ नेपालमा जातीय समस्याका पनि विभिन्न पाटाहरू छन् भन्नेतथ्य स्पष्ट छ। नेपालको राष्ट्रिय एकीकरण अभियानमा प्रायः सबै जात/जाति/समुदायले सक्रिय योगदान गरेका थिए। नेपालीजातिका घटक जात/जाति/समुदायमध्ये शायदै कुनै भेटिएला जसले कि राष्ट्रिय एकता अभियानमा गच्छे अनुसारको योगदान नगरेको होस्। एकीकरण पूर्वको ऐतिहासिक अध्ययन गर्दा के देखिन्छ भने त्यतिबेला सस्याना भुरे-टाकुरे राज्य र राजा-रजौटाको अस्तित्व रहेको भएतापनि जनस्तरमा सामाजिक एकीकरण भइसकेको थियो र लामो कालखण्डको सांस्कृतिक एकीकरणको भौतिक प्रकटीकरण हुनमात्र बाँकी थियो। कसै न कसैले त्यो अभियानको आरम्भकर्ताको औपचारिक भूमिका निर्वाह गर्नैपर्ने र युगसापेक्ष नेतृत्व लिनैपर्ने अवस्थामा ‘एकताका महानायक’का रूपमा पृथ्वीनारायण शाहको उदय भएको थियो। अर्थात्, पृथ्वीनाराण शाह ऐतिहासिक आवश्यकताले विकसित गराएका ‘महान् नेता’ हुन्, जसको कुशल एवं सही नेतृत्व पाउनाले राष्ट्रिय एकीकरण महाअभियान सफलतापूर्वक सम्पन्न हुनसक्यो। तर, ख्याल राख्नै पर्ने कुरा के होभने एकिकरण अभियान केवल पृथ्वीनाराण शाह अथवा गोर्खा राज्यको कारणले मात्रै सम्पन्न भएको होइन। उक्त महायज्ञमा यस भू-खण्डमा बसोबास गर्ने प्रायः सबै तह, तप्का, वर्ग, समुदाय, जात-जाति आदिको सामुहिक इच्छाशक्ति कारकतत्वका रूपमा रहेको थियो। प्रायः सबैथरीको साथ पाएको र आम जनताको सक्रिय सहभागिता रहेको हुनाले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहद्वारा अगुवाइ गरिएको राष्ट्रिय एकीकरण महाअभियान वास्तवमै युगको आवश्यकता रहेको प्रमाणित हुन्छ। त्यसैले, उनले नेपाललाई ‘सबै जातको फूलबारी’ भन्न सकेका हुन्। निक्कै महत्वपूर्ण पक्ष के छ भने पृथ्वीनारायणको महान् अभियानका क्रममा प्रत्येकले आ-आफ्नो ल्याकत, हैसियत अनुसारको काम, स्थान तथा मान पाएको हुँदा जातीय-विद्वेष/विद्रोह/विखण्डन थिएन। यदि एकीकरण अभियानका क्रममा जातीय-विद्वेष/विद्रोह/विखण्डन अस्तित्वमा रहेको भए उक्त अभियान सफल हुनेपनि थिएन। विजित राज्यका सेनापतिहरूले पूर्ण निष्ठाकासाथ गोर्खाली (नेपाली) फौजमा सामेल भएर काम गरेको तथ्यलेपनि एकीकरण अभियान र उक्त अभियानका महानायक पृथ्वीनारायण शाहको सर्वप्रिय छविको पुष्टि हुन्छ। थुप्रै राज्यका जनताले स्वयम्नै उनलाई आमन्त्रण गरेको तथ्य पनि यहाँ स्मरणीय छ। उनले नेपाल अधिराज्यको राजधानीका रूपमा काठमाण्डौंलाई निर्धक्कसँग चयन गर्न सक्नुले पनि धेरै हदसम्म कुरा स्पष्ट हुनआउँछ। यदि जन-विश्वास आर्जन गर्न नसकेकोभए आफ्नो पुर्ख्यौली स्थललाई नभएर पछि जितिएको ठाउँमा राजधानी राख्ने थिएनन्, किनकि राजधानी असुरक्षित ठाउँमा राखिँदैन। उनले सबैथरीलाई उपयुक्त अवसर र स्थान दिएका थिए। तर पृथ्वीनारायण शाहका सन्दर्भमा कुरा गर्दा यो तथ्य पनि ख्याल राख्नु पर्दछ कि उनको जीवन एक योद्धाको जीवन भएको हुँदा सधैं अनिश्चितता र गतिशीलता रहेको थियो। उनको पुरै जिन्दगी युद्ध वा त्यसको तयारीका क्रममा भागदौडमा बितेको थियो र उनको देहावसान पनि भागदौडबाट उम्केर सुस्ताउन नभ्याइकनै भयो। नेपालको राष्ट्रिय एकीकरण रूपी महायज्ञ उनकै जीवनकालमा सम्पन्न भई, यदि उनलाई युद्धरत नरही स्वाभाविक तवरले शासनरत रहने समय मिलेको भए हाम्रो मुलुकले थुप्रै क्षेत्रमा सुधार तथा विकासको अवसर पाउने थियो भन्ने कुरा स्पष्ट छ। यो देशको दुर्भाग्य होकि उनको त्यति छिट्टै देहावसान भयो र उनले राज्यको ‘थिति’ बसाउन समय पाएनन्। यस दुर्भाग्यको दीर्घकालीन असर परेको छ। पृथ्वीनारायणको देहावसान पश्चात् नेपाली समाज नायकहीनताको स्थितिमा पुगेको हुँदा भुरे-टाकुरे भारदारी गुटका आधारमा सत्ताको खेल खेल्न थालेको देखिन्छ। जब देशमा भारदारी षड्यन्त्रका आधारमा शासन चल्न थाल्यो, तब सारा राज्य संयन्त्र गडबडायो । गुटका आधारमा कसैले स्थान र अवसर पाउने, अनि कसैले नपाउने हुनथाल्यो। त्यो गुटीय हानथापका बेलामा जातीय आधारमा भन्दापनि गुटीय आधारमा पुरस्कृत वा दण्डित गरिनेहुँदा थुप्रैले अनेक किसिमका उतार-चढाव भोग्नु परेको इतिहासमा उल्लेखित छ। यसबाट क्रमशः देश झन् झन् अव्यवस्थित हुँदैगयो। जसको चरम परिणति राणाको जहानिया शासनका रूपमा भयो। राणा शासन काल अघिनै देशभित्र भन्दा देश बाहिर जीविका खोज्न जाने प्रचलन शुरु भइसकेकै थियो, त्यो क्रम राणाकालमा अझ बढ्यो। त्यसबेला कतिपय जातीय समुदाय जस्तै: राई, लिम्बु, मगर, गुरुङ्ग आदिलाई ब्रिटिस सेनामा जान प्रोत्साहित गर्ने परिस्थिति सृजित भयो र त्यहाँ कमाइ पनि आकर्षण भएकाले उनीहरू त्यतातिर लागे। यसको चरम परिणति के भयो भने कालान्तरमा अहिले ‘जनजाति’ भनेर चिनाइने जातिका पुरुष वर्गको लक्ष्य भनेकै लाहुरे बन्नुमा केन्द्रित हुनपुग्यो। आज यतिको शिक्षाको प्रचार प्रसार हुँदाको स्थितिमा त लाहुरेको ‘क्रेज’ कायमै छ भने उतिबेला कस्तो हुँदो हो? अनुमान गर्न सकिन्छ। यसकारणले गर्दा उनीहरूले पढ्नेतिर र देशभित्रका प्रशासनिक पदका लागि भन्दापनि बढी जोड आफूलाई लाहुरे बनाउने तर्फदिने र त्यसकै लागि तयारी गर्ने गर्नथाले। शैक्षिक क्षेत्रलाई बेवास्ता गर्नाले शैक्षणिक संस्थान तथा प्रशासनिक क्षेत्रमा उनीहरूको भागिदारी नहुने जस्तो परिस्थिति आयो। जबकि विदेशमा बल, वीरता, शौर्यबाट उनीहरूले ठूलो इज्जत कमाए। विश्वमा ‘गोर्खा’हरूको रवाफ तिनै वीरहरूको देन हो। यता नेवार समुदायका व्यक्तिहरू व्यापार-व्यवसायमा प्रतिस्पर्धा गर्नकै निम्ति भएपनि नयाँ शिक्षा तथा प्राविधिको सिकाइमा लागे। त्यसैले मारवाडी आउनुअघि नेपालका सर्वाधिक धनी व्यक्तिहरू नेवार नै थिए र अहिलेपनि मानव विकास प्रतिवेदन अनुसार नेपालमा सबभन्दा उच्च मानव विकास स्तर नेवार समुदायको नै छ। क्षेत्रीहरूले आफूलाई स्वतः शासक जाति ठान्ने गरेकाले होला त्यतिखेर पढाइमा खासै जोड नदिएको देखिन्छ। तर ब्राहृमणको लागि त पढ्नुबाहेक अरु विकल्प नै थिएन। तत्कालीन सामाजिक मान्यता अनुसार ऊ न व्यापार गर्न सक्थ्यो, न त पैसा कमाउन लाहुरे हुन नै सक्थ्यो। अरु त अरु, आफ्नो हलो आफैंले जोत्नेसमेत स्वीकृति थिएन उसलाई। आर्थिक हिसाबबाट हेर्दा अधिकांश ब्राहृमणहरूको स्थिति कमजोर रहेको थियो। अनि के गरोस् त, पढ्नु मात्रै उसँग भएको एक मात्र विकल्प थियो। केही पढ्यो-लेख्यो भने मात्र उसको मानभाउ हुन्थ्यो; नत्र त उसलेजति कस्ट कसैले पाउँदैनथ्यो। यसरी बाध्यात्मक तवरबाटै पनि ब्राहृमणहरू शिक्षाको क्षेत्रमा दत्तचित्त रहे। अहिलेको परिस्थिति हेरेर कहाँ हुन्छ र! त्यतिखेर त ‘पढे लेख्यो कौने काम हलो जोत्यो खायो माम’ भन्ने चलन थियो नि त! कुनैबेला सबभन्दा अनुत्पादक मानिएको शिक्षाक्षेत्रमा निरन्तर लागिरहेको फलस्वरूप पछि गएर ऊ अगाडि पर्यो। भयो के भने विश्व आधुनिकीकरणतर्फबढ्दै जाँदा त्यसको असर नेपालमा पनि पर्यो। विश्व समुदायसँग सम्पर्क गर्न, अनि युगअनुकूल राज्य संचालन गर्न त शिक्षित व्यक्ति नै चाहियो। बदलिँदो परिस्थितिले गर्दा अघि निचोरिएको ब्राहृमण अहिले स्वतः अगाडि पर्यो। यति अगाडि कि शासक जातिका रूपमा रहि आएको क्षत्रीय र आर्थिक क्षेत्रमा एकलौटीजस्तै अधिकार जमाएका नेवारहरूभन्दा पनि अगाडि आयो ब्राहृमण। क्षेत्रीचाहिँ नेवारभन्दा पनि पछाडि धकेलियो। हुन त अहिले ब्राहृमण- क्षेत्रीलाई एकमुष्ट गाली गर्ने गरिन्छ, जसले गर्दा क्षेत्रीहरूको यथार्थ स्थिति जनसमक्ष आएको छैन। नेपालको प्रशासनमा जनसंख्याको आधारमा क्षेत्रीले जति भाग पाउनु पर्ने हो, त्योभन्दा कम नै पाएको छ। तर ब्राहृमण र नेवारहरूले सर्वाधिक स्थान ओगटेका छन्। त्यो किन त? त्यो जातीय पक्षपातका कारणले कदापि होइन। हिजो ब्राहृमणले चाहिँ अरु विकल्प नपाएर र नेवारले चाहिँ व्यावसायिक गुणवत्ताको निमित्त शिक्षा क्षेत्रमा बढीभन्दा बढी परिश्रम गर्नुको फल हो यो त। खासगरी २००७ सालपछिका बर्षरूमा देशको राजनीति तथा प्रशासनमा शिक्षित-प्रशिक्षित व्यक्तिहरूको माग बढ्दै गयो र सेाहीअनुरूप ब्राहृमण र नेवारहरूको भागमा (उनीहरू शिक्षित-प्रशिक्षित भएकाले स्वतः) बढी भाग पर्दै गयो। क्षेत्रीहरू पनि पहिलेदेखि नै शासनमा रहेको हुँदा उच्च तहमा उनको प्रतिनिधित्व कायम रहने नै भयो। शिक्षाको महत्व बुझेर नेवार तथा क्षेत्रीले त्यसमा अरु जोड दिएपछि ब्राह्मणको भाग घटेर नेवार र क्षेत्रीको भाग बढेको देखिन्छ। उदाहरणार्थ, वि.सं. २०३५-३६ मा लोकसेवा आयोगको शाखा अधिकृत र लेखा अधिकृत पदको परिक्षामा उत्तीर्ण भएका मध्ये ६४ प्रतिशत ब्राह्मण, १९ प्रतिशत नेवार र १० प्रतिशत क्षेत्री भएकोमा वि.सं. २०४५-४६ माचाहिँ अधिकृत पदमा ४८ प्रतिशत ब्राह्मण, २६ प्रतिशत नेवार र १५ प्रतिशत क्षेत्रीले ठाउँ ओगटेका रहेछन्। यसले यही प्रमाणित हुन्छ कि कुनै जाति वा समुदायमा कति शिक्षित सक्षम जन छन् उति नै अनुपातमा भाग मिलेको रहेछ। कतिपय जातिवादीहरूले पञ्चायती व्यवस्थालाई गाली गर्ने क्रममा उक्त व्यवस्था ‘खस जातीय एकाधिकारवादी’ अथवा ‘बाहुनवादी राज्यसत्ता’ भनेर भन्ने गरेको अवस्थामा ब्राहृमणहरूको भागिदारी घट्दो क्रममा रहेकोबाट के स्पष्ट हुन्छभने त्यतिखेर जातीय आधारमा कुनै भेदभाव थिएन। अनि, प्रजातान्त्रिक भनिने र खुल्ला प्रतिस्पर्धा हुने बहुदलीय व्यवस्थामा खुल्ला प्रतिस्पर्धा गर्नुपर्दा ब्राहृमणहरूले आफूलाई सक्षम साबित गरिरहेको यथार्थता देख्दा राज्यसत्ता वा प्रशासनिक क्षेत्रमा उनीहरूले पाएको अत्यधिक भागिदारी जातीय आधारमा होइन कि योग्यताको आधारमा हो भन्ने प्रमाणित हुन्छ। त्यसो हुँदा समस्याको जड जातीय आधारमा होइन कि अन्य आधारमा (खासगरी शैक्षिक गुणवत्तामा) छ भन्ने त आंकडाले नै प्रमाणित गरिरहेको छ। शिक्षा नै अवसरको प्रमुख कारक तत्व हो भन्ने प्रमाणित गर्ने अर्को तथ्यपनि छ। वि.सं. २००७ सालको आसपासमा काठमाण्डौंमा रहेका चिकित्सक तथा प्राध्यापकहरूमध्ये अधिकांशतः बंगाली रहेकोमा अहिले जताततै प्रायः नेपालीहरू नै रहेको स्थितिलाई विचार गर्ने होभने कुरो आफसेआफ छर्लङ्गिन्छ। राई, लिम्बु, मगर, गुरुङ आदि (जनजाति पनि भन्ने गरिन्छ अचेल) को सन्दर्भमा कुरा गर्दा जतिखेर नेपाल आधुनिकीकरणतर्फअघि बढ्दो थियो त्यतिखेर यिनीहरूसँग मेहेनतले कमाएको पैसा त थियो; भिक्टोरिया क्रस तथा परमवीरचक्र पनि थियो; तर शैक्षिकस्तर उच्च थिएन। यो यथार्थता हो। त्यसो हुँदा लाहुरे संस्कार त्यागेर नेपालको प्रशासनिक तथा शैक्षिक संस्थानमा प्रवेश गर्न खोज्दा आरम्भमा यिनीहरू असफल भए। त्यो असफलता किन त भन्दा लामो समयदेखि शैक्षिक परम्पराबाट विमुख बनेको हुनाले प्रशासनिक तथा शैक्षिक संस्थानका निमित्त आवश्यक योग्यता उनीहरूमा आइसकेको थिएन। आफ्नो असफलता, तर ब्राहृमण, क्षेत्री, नेवार आदिको सफलताले कतिपयलाई यस्तो भान पनि पर्यो कि हो न हो यहाँ पक्षपात नै भएको होला। तर यथार्थता यो थिएन । किनकि अहिले हामी देखिरहेकै छौं कि जसै ‘जनजाति’हरूमा शिक्षाको स्तर वृद्धि हुँदै गएको छ त्यसै अनुपातमा प्रशासनिक तथा शैक्षिक क्षेत्रमा भाग पनि पाइरहेका छन्। आज ठूला पदहरूमा पुगेका मगर, गुरुङ्ग, र्राई, लिम्बू, शेर्पा, तामाङ् थुप्रै छन्। आगामी दिनमा यो संख्या अझ बढ्ने छ र यो स्वाभाविक हो। बस्, यहीँनेर प्रष्ट हुन्छ कि समस्या के हो? समस्या के भने शैक्षिक क्षेत्रमा लामो समयदेखिको संलग्नताले ब्राह्मण, क्षेत्री, नेवार तथा मधेशका पनि केहि जाति-समुदायचाहिँ राजनीतिक, प्रशासनिक, शैक्षिकजस्ता महत्वपूर्ण क्षेत्रमा अगाडि छन् भने यस तर्फ भर्खरै मात्र आएका हुँदा कतिपय ‘जनजाति’हरूचाहिँ आफूलाई पछाडि परेको देख्दैछन्। अनि उनीहरूलाई छिटोछिटो आफ्नो भाग चाहिएको छ। तर परिवर्तनका लागि समय त लागिहाल्छ। त्यो समयको पर्खाइले उनीहरूमा अधैर्यता आएको छ। त्यो अधैर्यतालाई ‘क्यास’ गर्न अनेकखालका शक्ति लागिपरेका छन्; जसले समस्या समाधान गर्ने तर्फ भन्दापनि जातीय द्वेष, घृणा र सामाजिक समन्वय खल्बल्याएर आफ्नो तुच्छ राजनीतिक स्वार्थपूर्ति गर्न पानी धमिल्याइ रहेका छन्। तिनै अनेकखालका शक्तिका कुत्सित स्वार्थवश गरिने क्रियाकलापले समस्यालाई झन् जटिल बनाएको छ। ती अनेखालका शक्तिहरूबारेमा माथि पनि चर्चा गरिएको थियो। आज दलित भनिने कतिपय जातिका सवालमा कुरा गर्दाचाहिँ हामी उनीहरूप्रति विशेष सम्बेदनशील हुनै पर्दछ। ‘जनजाति’हरूको समस्याभन्दा उनीहरूको समस्या एकदमै पृथक् किसिमको रहेको छ। सामाजिक रूपमा छुवाछुत जस्ता विभेदको शिकार बन्नु परेको, आर्थिक रूपमा साथसाथै शैक्षिक हिसाबले पनि अत्यन्त पिछडिनु परेको र देश-विदेश कतैपनि अवसर नपाएको हुनाले अहिले पनि अरुभन्दा हरेक क्षेत्रमा कमजोर अवस्थामा रहेको यस समुदायलाई सबैले सहयोग गरी विशेष अवसरहरू प्रदान गर्नु पर्दछ। राज्यस्तरबाट नै संरक्षण प्रदान गरी यो समुदायलाई हरेक क्षेत्रमा भागिदारी वृद्धि गराउन अघि बढाउनु आजको आवश्यकता हो। जब सारा समाजको स्थिति सुध्रिन्छ तब समाजका सबै घटकहरूको स्थिति पनि अवश्यमेव सुध्रिन्छ। तसर्थ हामीले समस्या समाधान गर्दाखेरीमा समग्र समाजको परिप्रेक्ष्यमा हेर्नु र कार्यान्वयन पनि समग्र समाजकै परिप्रेक्ष्यमा गर्नु आवश्यक छ। हो, कुनै अंग विशेषकालागि खास किसिमको उपचार आवश्यक छ भने त्यो उपचार त गर्नै पर्दछ; तर कुनै अंगमा मात्र केन्द्रित भएर अन्य अंगको ख्यालै नराख्‍ने प्रवृत्ति झन् हानिकारक हुनसक्छ। सम्पूर्ण शरीरको उपचार गरिनु सही रवैया भएजस्तै राष्ट्रका सवालमा पनि समग्रमा उन्नति, प्रगति, विकास गर्नु हाम्रो कार्यनीति हुनुपर्दछ। विगतलाई खुइल्याएर कुनै जात, जाति, समुदाय विशेषलाई उकास्ने वा थेचार्ने प्रवृत्तिले कसैको पनि हित हुँदैन। तर खेदको कुरा छकि हाम्रोमा यतिखेर राष्ट्रिय स्तरको चिन्तन भन्दापनि कुनै एउटा जात, जाति, समुदाय वा क्षेत्रलाई उकास्ने वा थेचार्ने प्रवृत्ति मौलाउन पाइरहेको छ। यसले समस्यामाथि झन् समस्या थप्छ; तर समाधान दिँदैन। समस्याको जरो पत्ता लगाउँदा जातीय समस्याको सवालसँग भाषासम्बन्धी सवाल पनि जोडिएको छ। अतिवादीहरूका कारणले गर्दा वि.सं. २०४७ साल पछिका वर्षरूमा भाषाका निहुँमापनि विवाद बढेको देखिएको छ। हामीजस्ता व्यक्तिहरू एवम् संस्थाहरू भाषा वा अन्य कुनै पनि कारणले खडा हुने (वा खडा गरिने) विवादलाई व्यावहारिक रूपमा सुल्झाउनमा विश्वास राख्दछौं। प्रत्येक मातृभाषाहरूको संरक्षण, सम्बर्द्धन एवं प्रववर्द्धन गर्नु राज्यको दायित्व हो भन्ने हाम्रो नीति छ। नेपालीजातिका प्रत्येक मातृभाषा हाम्रालागि राष्ट्रिय निधि हुन्। यति हुँदाहुँदैपनि व्यावहारिक तथ्य के होभने ती मातृभाषाहरूले एउटा सानो क्षेत्र वा समुदायलाई मात्र प्रतिनिधित्व गर्ने; सारा नेपालीजातिलाई एकताको सुत्रमा बाँध्न नसक्ने यथार्थता पनि प्रष्टै छ। यता, नेपाली भाषाचाहिँ सम्पूर्ण नेपालीजातिको साझा भाषा हो। यो वास्वतिकतालाई बुझेर नै हामी नेपाली भाषालाई विशेष महत्वका साथ मूल्यांकन गरेका छौं। जसरी दाइँ गर्दा दाइँमा नारिएका प्रत्येक गोरुको महत्व उत्तिकै हुँदाहुँदै पनि, उनीहरू समान हुँदाहुँदैपनि यदि दाइँ गर्ने नै हो भने एउटा न एउटा गोरुलाई मियोमा नराखी हुँदैन; त्यसरीनै देशका सारा भाषाहरू राष्ट्रिय निधि भएकोमा व्यावहारिक सजिलोको कारणले एवम् अन्य थुप्रै सकारात्मक पक्षहरूका कारणले नेपाली भाषा मियोमा रहन पुगेको हो। नेपाली भाषालाई नेपाल राष्ट्रको राष्ट्रभाषा, विश्वमा अनेक भू-भागमा रहेका नेपालीजातिको साझा जातीय भाषा एवं नेपालीत्वको पहिचानका रूपमा स्वीकार गर्दा कसैलाई कुनै समस्या पर्दैन र परेको छैन पनि। सारांशमा भन्नुपर्दा नेपाली भाषालाई नेपाली जातिको जातीय एकताको प्रतिकको रूपमा सम्मान गर्दै अन्य भाषाहरूप्रति पनि उचित सम्मान हाम्रो भाषिक नीति हो। यस नीति अनुसार चल्ने होभने जातीय समस्यासंगै उठाइएको भाषिक-समस्या स्वतः समाधान हुन्छ। अचेल कतिपय व्यक्ति तथा संगठनका तर्र्फबाट जातीय समस्याको सवालसँग धार्मिक सवाल पनि खडा गर्न खोजेकोदेखिन्छ। तर धर्म सम्बन्धी विवादको कुनै तुक छैन। नेपालमा सनातन हिन्दूधर्मको विरोध गर्नु, जानेर वा नजानीकन पराइहरूको दलाली गर्ने काम मात्रै हो। ‘जनजाति’हरूलाई हिन्दू धर्मबाट अलग्याउन खोज्नेहरूको आ-आफ्नो व्यक्तिगत स्वार्थ त पुग्ला; तर यसबाट हुने राष्ट्रिय क्षति अकल्पनीय छ। नेपाल अधिराज्यको हिन्दूधर्म-सापेक्षता हाम्रो राष्ट्रिय हितकोलागि अत्यावश्यक छ। मेरो विश्लेषणमा समस्याको जरो भाषिक वा धार्मिक सवालमा छैन; न त राज्यले कुनै जातिविशेषलाई विशेष पक्षपात गर्नाले यस्तो अवस्था आएको हो। समस्या छ; तर यो समस्या एकदमै बढी मात्रामा छ र त्यो जातिभेदको स्तरकै छ भन्नु बेइमानी हो। यो समस्या त समाजको परिवर्तनका क्रममा हुने स्वाभाविक संक्रमणकालीन हलचल हो। जातीय समस्या उजागर गर्र्छौं वा जातीय आन्दोलनलाई नेतृत्व गर्र्छौं भन्ने बहानामा यस क्षेत्रमा गलत किसिमका व्यक्तिहरू घुस्नाले तथा सत्तासीनहरूले पनि आफ्नो सत्ताप्राप्तिलाई मात्र महत्व दिने; तर सरकारमा बसेर समय सापेक्ष परिवर्तन, उन्नति, प्रगति, विकास गराउनचाहिँ नसक्नाले ताल बिग्रेको हो। यसैगरी सरकार पक्ष अकर्मण्य र पंगु हुने; र जातीय आन्दोलनका नाममा जात-जाति-जनजातिको द्वेषपूर्ण नारा चर्काउँदै संकीर्णताको घृणित खेल जारी रहिरह्यो भने परिणति त्रासद हुनेछ। कसैलाई सरापेर; ‘बाहुनवाद’ वा ‘जनजातिवाद’ वा ‘दलितवाद’को हाहा-हुहु मच्चाएर र जातीय-ध्रुवीकरणलाई चर्काएर यसको समाधान कदापि हुँदैन। अब कता ? अहिले नेपालमा जातीय साथसाथै भाषिक, धार्मिक, क्षेत्रीय, राजनीतिक, आर्थिक लगायतका अनेकौं किसिमका द्वन्द्व वा विवादहरूको सगबगाहट चलिरहेको छ। त्यसोहुँदा स्थिति बडो जटिल छ। तर यति जटिल पनि छैनकि समस्याको समाधान गर्ननै नसकियोस्। हरेक समस्याहरू समाधान गर्न सकिन्छ। सर्ववप्रथम त हामी समस्यालाई उल्झाउन होइनकि सुल्झाउनमा इमान्दारी पूर्वक प्रयत्नशील हुनु यस दिशामा आधारभूत आवश्यकता हो। मुख्य कुरा जनताको मानसिकता हो। यदि आपसमा फुट्ने नै होभने फूटका बहाना त जतिपनि पाइन्छन्। हो, झै-झगडा गर्नकालागि निहुँ जतिपनि पाइन्छ। ‘तँ गोरो, म कालो’ भनेर; ‘तँ होचो, म अग्लो’ भनेर; ‘तँ पहाडे, म मदिशे’ भनेर; ‘तेरो नाक चुच्चो, मेरो नाक थेप्चो’ भनेर; ‘तँ धनी, म गरीब’ भनेर; ‘तँ छुचो, म जाती’ भनेर; ‘तँ शोषक, म शोषित’ भनेर वा यस्ता एक लाख ओटा वा अझ बढी निहुँ भेटिनेछन्। मारपिट गर्नेनै होभने त ‘तेरो सास कस्तो गनाएको !’ भनेर धक्याएपनि भयो; वा ‘मलाई किन धक्याएको?’ भनेर मुक्याएपनि भयो। होइन, शान्ति, आपसी भाइचारा, स्नेह, प्रेम, राष्ट्रिय एकता, सौहाद्रता, समन्वय, सर्वावाङ्गीण विकास, उन्नति, प्रगति चाहने होभने छाति फराकिलो पार्नै पर्दछ; उदार बन्नै पर्दछ। संक्षेपमा ‘अब कता?’ भनेर प्रश्न राखी हामीले त्यसको जवाफमा भन्न चाहेको केभने समस्या समाधानको सही उपाय जातीय आधारमा खोलिएका संघ/संगठन /संस्था /मोर्चा तथा पार्टीको संकीर्ण जातीय अहंकार वा घृणालाई बढावा दिने क्रियाकलाप होइन। आपसी सद्भाव, संवाद, एकताभाव तथा समझदारीपूर्ण सहभागिता नै समस्या समाधानको दिशामा सकारात्मक अग्रसरता हो। समस्याको समाधान त्यतिबेला मात्रै राम्ररी हुन्छ, जतिबेला त्यसमा संलग्न घटकहरूले सही किसिमसंग कार्य गर्छन्। जातीय समस्या समाधान गर्न विभिन्न जातिहरूले सही रवैया अवलम्बन गर्नसक्नु यस दिशामा सकारात्मक योगदान हुनेछ। शिक्षित अग्रणी जातका रूपमा रहेका ब्राह्मणहरू नेपालमा ‘दलित’ तथा ‘जनजाति’को उत्थान गर्नकालागि पहल गर्ने, पक्षपोषण गर्नेमा अग्रणी छन्। उनीहरूले उदारता देखाएका छन् आजसम्म कुनै ब्राहृमणले आफू ब्राहृमण भएको आधारमा कुनै जागिर वा अरु केही क्षेत्रमा विशेषाधिकारको दावा गरेको र ब्राहृमणले पक्षपात गरेर अरु जातले पाउनुपर्ने भाग आफ्नो जातमा पारेको उदाहरण कहिँ-कतै छैन। बरु अन्यलाई प्रोत्साहित गर्ने उदार प्रवृत्ति प्रायः ब्राहृमणहरूमा पाइन्छ। पछिल्ला वर्षरूमा सबैमा शिक्षाको विकास हुँदैजाँदा सरकारी पदहरूमा अन्य जात-जाति-जनजातिको सहभागिता बढ्दो छ र यस प्रक्रियालाई ब्राहृमणहरूले सहजै स्वीकार गरेको देखिएको छ। यस्तो अवस्थामा पनि, इतिहासलाई गलत किसिमबाट व्याख्या गर्दै ब्राह्मणलाई सराप्नु वा ‘बाहुनवाद’ को हल्ला मच्चाउनु मूर्खतापूर्ण त हो नै, साथमा अन्यायपूर्ण पनि हो। मानव विकास सूचकांकमा ब्राहृमण भन्दापनि अघि देखिएको र जनसंख्याको हिसाबले आफ्नो भागमा पाउनुपर्ने भन्दा कैयौं गुणा बढी स्थान ओगटेको नेवार समुदायले पनि अबका दिनमा ‘जनजाति’ हरूका निमित्त स्थान छोड्नु पर्ने अवस्था आउँदा ब्राह्मणहरूको झैं उदार हृदय बनाएर सहजतापूर्वक छाडिदिएमा त्यसले पनि सकारात्मक असर पर्ला भन्ने विश्वास लिन सकिन्छ। साथमा नयाँ भाग पाइरहेका वा पाउनेवालाहरूले पनि के कुरामा ध्यान पुर्याउनु जरुरी छभने आफ्नो योग्यता, क्षमता, दक्षता अभिवृद्धि नगरी आरक्षण खोज्ने प्रवृत्ति भयो भने चाहिँ त्यसको असर नकारात्मक किसिमको हुनसक्छ। आरक्षण ‘मुतको न्यानो मात्र हो’। हो, संरक्षण गर्नचाहिँ कन्जुस्याइँ गर्नु हुँदैन। जातीय वा अन्य जेसुकै आधारमा उठेका समस्याहरूको समाधानका निमित्त अहिलेको राज्यव्यवस्थामा मूल प्रवाहमा रहेकाहरूको विशेष दायित्व हुन्छ। समाधानको मुख्य जिम्मेवारी पनि यिनकै हो।र वर्तमान राज्य सत्ता ध्वंश पार्ने र त्यसपछि आफ्नो राज्यसत्ता कायम गर्ने घोषणा गरेका माओवादी लगायतकाले पनि आफ्नो गलत किसिमको जातीय नीतिमा तुरुन्त फेरबदल गरेर सही किसिमको जातीय नीति अपनाउनु पर्छ। सबै जात-जाति-जनजातिलाई राष्ट्रियताको मूलप्रवाहमा समाहित गर्नु समस्या समाधानको दिशामा सकारात्मक कदम हो। ‘राज्य’, राज्यको नेतृत्व र राज्यको नीति (राजनीति) ठीक हुनासाथ अरु सबै ठीक हँुदै जान्छन्। तर्सथ, राज्यको प्रभावकारी भूमिका, सबै जात-जाति-जनजातिलाई राष्ट्रियताको मूलप्रवाहमा समाहित गर्नमा राज्यको नेतृत्वको सही कार्यप्रणाली र राजनीतिक परिस्थिति पनि सकारात्मकतातर्फउन्मुख नभई नेपालमा जातीय समस्याको समाधान हुनेवाला छैन। अबका दिनहरूमा हाम्रा सामुन्नेमा विविध विकल्पहरू छन्। अकर्मण्य र अयोग्य सत्तासीनहरूका निमित्त यथास्थितिवादी रहनु सबैभन्दा सजिलो काम हो; तर यो प्रवृत्ति राष्ट्रकालागि घातक हुने स्पष्टै छ। यथास्थितिवाद समस्याको समाधान होइन। सत्तासीन व्यक्ति वा पार्टीलाई अयोग्य र अकर्मण्य भन्नुपर्ने कारण के छ भने यिनीहरूले समस्याको निराकरण गर्न नसकेरनै चर्किएको हो। (वास्तवमा भन्दाखेरीमा समस्या समाधान गर्नेतर्फयिन्ले ध्यान दिएकै छैनन् र अझ तीतो कुरा गर्दा यिन्मा त्यो क्षमता नभएको पनि र्छलङ्गै छ।) यदि सत्तामा बस्नेहरूले समाजको परिवर्तनको क्रममा स्वभाविक संक्रमणकालीन हलचललाई राम्ररी बुझेर तुरुन्तातुरुन्तै सही कदम चाल्न सकेमा देशमा सबै समस्या समाधान हुन नसक्ने होइन। अझैपनि सही नेतृत्व र प्रणालीले सत्ता सञ्चालन गर्ने होभने सुरक्षित अवतरण हुनसक्छ; किनकि स्थिति साह्रैनै बिग्रिहालेको छैन। भोली हामीले नचाहेतापनि यस्तो दिन आउन सक्छकि यो समस्या अझ चर्किएर हाम्रो दुर्भाग्यको कारकतत्व पनि बन्न सक्छ। तसर्थ यथास्थितिवादी मोडेल सही विकल्प होइन। अबका दिनमा अपनाउन सकिने अर्को विकल्प हो- विशुद्ध जातिवादी अवधारणा। जस-जसलाई हाम्रो देश साक्षात् र ‘नर्क’ बनाउन मन छ; तिनीहरूकालागि यो सर्वोत्कृष्ट मोडेल हो। नत्र, जातीय घृणाका आधारमा उठ्ने यस मोडेललाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन। किनकि त्रासद् गृहयुद्ध नै यसको परिणति हो। मान्छे जन्मँदा कुन जात वा जाति वा ‘जनजाति’मा जन्म्यो भन्ने कुरालाईनै आधार बनाएर ध्रुवीकरणको खेती गरिनु, भागबण्डा लगाइनु, एक-अर्कामा घृणाको बीज रोपिनु मानवताको लागि फाइदाजनक हुन नसक्ने तथ्य हामीले ख्याल राख्नै पर्दछ। र्सवप्रथम हामी सबै ‘मानव’ भएको समान पक्षलाई देख्न नसक्ने र सकेसम्म आपसमा चिरा पार्न खोज्ने प्रवृत्ति कदापि राम्रो मान्न सकिँदैन। हो, आफ्नो जातीय गौरवको पक्षधर हुनु नराम्रो होइन; तर आफूले आफ्नो जातीय गौरवको गर्व गर्दा अर्को जातिको पूर्ण सम्मान गर्नै पर्दछ। अर्कालाई सिध्याउने विचार अमानवीय हो। संक्षेपमा भन्नुपर्दा, संकीर्णतामा जेलिएको र घृणाको भावनाले ओतप्रोत भएर अघि सारिने कुनैपनि मोडेल स्वीकार्य हुनसक्दैन। जातीय आधारमा विभाजित हुनु हाम्रोलागि सही दिशा होइन। समष्टिमा “एक नेपालीजाति”को अवधारणालाई आत्मसात् गर्नु पर्दछ हामीले त। हुन त मार्क्सवादी मोडेलको पक्षमा चर्का स्वरहरू पनि सुनिएकै छ। तर यथार्थता के होभने र्सवप्रथमतः जातीय समस्या समाधान गर्नकालागि मार्क्सवादीहरूसँग कुनै मोडेल नै छैन; यदि कुनैबेला कुनै खास मोडेललाई मार्क्सवादको जामा पहिर्याइएको थियो भनेतापनि त्यो असफल भैसकेको छ। यस वास्तविकतालाई पर्दा हाल्ने प्रयास गर्दै हाम्रो देशमा थुप्रो संख्यामा रहेका कम्युनिस्ट भाइहरूले बारम्बार मार्क्सवादी मोडेलको हौवा चलाई आफूपनि भ्रममा रमाएको र जनमानसमा पनि भ्रम फैलाइरहेको देखिन्छ। तर कम्युनिस्टहरूले जतिनै हल्लाखल्ला गरिरहेतापनि यो यथार्थता छोपिनेवाला छैनकि कम्युनिस्ट भनाउँदो मोडेलले ढिलो/चाँडो जातिवादी घृणालाईनै मलजल गर्दो रहेछ। अन्यत्रमात्र होइन, स्वयम् नेपालकै अनुभवबाट पनि स्पस्ट छकि कम्युनिष्टहरू अन्तर्राष्ट्रियतावादको गफ त गर्छन्, तर राष्ट्रियतामा समेत समाहित हुन सक्दैनन्। राष्ट्रियताको स्तरसम्म त उक्लन नसकी जातीय-स्वशासन वा यस्तै केही नाममा अल्भिरहेका हाम्रा कम्युनिस्ट भाइहरू अन्तर्राष्ट्रियतावादको उचाइमा पुग्लान् भन्ठान्नु मीठो भ्रम सिवाय अरु केही होइन। लिम्बुवान, खम्बुवान, तमुवान, मगराँत, थारुवान वा यस्तै केही नाम दिइएको जात-जातको संकीर्णता भुरे-टाकुरे राज्य (स्वशासन) को लागि लड्नु कसरी अन्तराष्ट्रियवाद भयो? कति विडम्वना ! उनीहरूको वैचारिक दुरदर्शिताकालागि टीठ मान्दै संक्षेपमा भन्नुपर्दाखेरीमा कम्युनिस्ट मोडेल जातीय सन्दर्भमा उपयुक्त विकल्प हुँदैहोइन। अनि यतापट्टि बबुरा कांग्रेसीहरूको त झन् के कुरा गर्नु ! जातीय-नीति तय गर्ने हुति-खुपिपनि उनीहरूसँग होलाकि भन्ठान्नु नै व्यर्थ छ। यसबारेमा उत्तम विकल्प हामीले प्रस्तुत गर्न सकेका छौं भन्ने हाम्रो धारणा छ। संकीर्णता, विखण्डन, विद्वेष, घृणा आदिको आडमा उठाइएका अवधारणाहरूलाई पूर्णतया अस्वीकार गर्दै हामी उदारता, मैत्री, व्यापकता, एकता, सहकार्य, प्रेम आदिको पक्षपोषण गर्दछौं। अर्थात्, उदार एवम् व्यापक स्तरको, ‘एक नेपाली सांस्कृतिक चेतना’को साझा आत्माचेतको आधारमा प्रतिष्ठित ‘एक नेपालीजाति’ को समष्टिमा हामी पुग्न सक्नासाथ समस्या समाधान भइहाल्छन्। सारा ‘मानव’ नै एक-जाति र सारा विश्व नै साझे घर भन्ने अवधारणा आत्मसात् गर्नुपर्नेमा झन्-झन् साँघुरिनु गलत हो। सकिनेजति र सम्भव हुने हदसम्म व्यापकता एवम् उदारता हुनैपर्दछ; र ‘एक नेपालीजाति’को अवधारणा यस कसीमा जाँच्दा खरो नठहर्नु पर्ने केही छैन। मैले यसअघिपनि भनेकै छु- शान्ति, आपसी भाइचारा, स्नेह, प्रेम, राष्ट्रिय एकता, सौहाद्रता, समन्वय, सर्वाङ्गीण विकास, उन्नति, प्रगति चाहने होभने छाति फराकिलो पार्नै पर्दछ; उदार बन्नै पर्दछ। समस्त मानव समाजको अग्रगतिमा एउटा व्यक्ति वा जात, जाति वा समुदाय विशेषले कुनै बलिदान गनैपर्ने खण्ड (यदि आइहाल्योभने) त्यसकालागि पनि तयार रहनु पर्दछ। राष्ट्रिय स्वरूपको निर्माणका क्रममा कतिपय जातिले केहि गुमाउनु पर्ने पनि हुन सक्छ र कतिपय कुरा अर्को जातिबाट स्वीकार गर्नुपर्ने पनि हुन सक्छ। राष्ट्रियताको निर्माणका क्रममा यस्तो कुरा स्वाभाविक हो। हिजो इतिहासमा कसैले केही गुमाएको छ भने तापनि अब त्यसको तुस लिएर संकीर्णता, विखण्डन, विद्वेष, घृणा आदिको खेती गर्नु स्वीकार्य हुनसक्दैन। इतिहासबाट पाठ सिक्नु त अवश्यै पर्दछ; तर सधैंभरि हिजोका कुरा सम्झेर मन अमिल्याउनु वा हृदय विषाक्त पारिराख्नुलाई ठीक मान्न कदापि सकिँदैन। अब हामीले विचार विमर्श, आत्ममन्थन गर्नै पर्दछकि के हो हामीले चाहेको? जातीय आधारमा मोर्चाबन्दी कसेर आपसी घृणालाई हौस्याएर काटमार गर्ने र पतनको खाल्डोमा झन् खँगारिने? कि द्वन्द्वको व्यवस्थापन सही किसिमबाट गरी उन्नति, प्रगती, विकासको बाटोमा अगाडि बढ्ने? यदि घात-प्रतिघातमै अल्भिने हो भने अलग कुरा, नत्र छाति फराकिलो पारेर हार्दिकता, सौहाद्रता, भाइचारा, मैत्री, प्रेम, आपसी विश्वास आत्मसात् नगरी हुँदैन। संक्षेपमा भन्नुपर्दा, ‘एक नेपालीजातीयता’ को चेतना विकास गरी त्यसलाई आत्मसात् गर्ने जुन मोडेल हामीले प्रस्तुत गरेका छौं; त्यहीनै अबका दिनहरूकालागि हाम्रा सामुन्नेमा रहेका विविध विकल्पहरूमध्येमा सर्वोत्तम विकल्प हो। अस्तु !

कसरी मूल्याङ्कन गर्ने जातीय संगठनहरुलाई

पहिलोपटक केही फरक रुपमा साप्ताहिक जनसत्तामा प्रकाशित मिति २०५७ भदौ १० गते शनिवार वर्ष १८ अंक ५२ । परिमार्जित रुपमा घटना र विचार साप्ताहिकमा ूजातीय संगठनहरुका मूल्याङ्कनका सवालमाू शीर्षकमा प्रकाशित मिति २०५७ भदौ २१ गते बुधवार वर्ष ६ अंक १२ ।

 अहिले नेपालमा जात जाति ुजनजातिु वा अन्य संकीर्ण परिभाषाका आधारमा खुलेका संस्थाहरु थुप्रो छन् । नेपालमा जतिवटा जात वा जाति वा तथाकथित जनजातिको उपस्थिति छ त्यो भन्दा धेरै बढी संख्यामा जातीय संगठनहरु खुलेका छन् ।
जातीय आधारमा थरको नाममा संस्थाहरु खुल्नुलाई कसरी हेर्ने त  योबारे सही दृष्टिकोण विकास हुनु जरुरी छ । नेपालमा अहिले चर्चामा रहेका जातीय सवाल तथा जातीय आधारमा भएका गतिविधिबारे मैले यसअघि पनि धेरै ठाउँमा लेखेको छु । तिनमा मैले भनेको छु कि संकीर्ण पाराले जातीय आधारमा संघ संगठन संस्था खुल्नु राष्ट्रका निम्ति अहितकर छ ।
प्रयुक्त ुसंकीर्णु शब्दलाई ख्यालै नगरेर के ुप्रोपागाण्डाु मच्चाइएको र के धारणा बनाइएको रहेछ भने आयोदधौम्य भन्ने व्यक्तिले नेपाल मगर संघ तमु छोँज धिँ वा जनजाति महासंघको विरोध गर्छ र ऊ ुजनजातिु हरुको विरोधी हो । वास्तवमा यो होइन यथार्थ । यथार्थ के हो भने संकीर्ण पाराले तथा नेपालीजातिबीचमा विखण्डन ल्याउने तथा नेपालीहरुलाई आपसमै लडाइँ झगडामा फसाउने किसिमका गतिविधि साचालन गर्ने कुनै पनि संस्थाको म विरोध गर्छु । जातीय संस्थाहरुलाई दुरुपयोग गरिनु हुँदैन भन्ने मेरो धारणा हो । आफ्ना आफ्ना जातीय मौलिकता संरक्षण गर्न तथा ुनेपालीजातिु का विभिन्न जातीय घटकहरुको विकास गर्दै समग्रमा नेपालीजाति तथा नेपाली समुदायको विकास गर्ने उद्देश्यले जातीय संगठनहरु खोलिन्छन् भने म त्यसको हार्दिक स्वागत गर्छु । निश्चय नै म सम्पूर्ण नेपालीजाति अटाउन सक्ने संस्थालाई मात्रै ुआदर्श संस्थाु ठान्छु ।
अहिले जातीय मुक्ति र जातीय हितका नाममा खोलिएका संस्थाहरु केही कुरुप खलपात्रहरुको ुडम्पिङ साइटु भएका छन् । तीतो लागे पनि यथार्थ यही हो । जब कोही व्यक्ति राष्ट्रिय राजनीतिमा पाखा पर्छ अरु राजनीति गर्ने थलो नपाएर प्याकप्याकी हुन्छ अनि ऊ राजनीति गर्ने र नेता बन्ने सनक पूरा गर्न जातीय संस्थामा हाम फाल्छ । यस्ताखाले गतार्थ आउट्डेटेड् व्यक्तिहरु चर्चामा आइरहन उद्दण्ड नाराहरु दिएर घृणाको व्यापार गर्न खोज्छन् केही नलागे कीर्तिपुरमा सोसियोलोजीको कक्षा कोठामा आयोदधौम्यहरुलाई गाली गरेरै भए पनि सन्तोष गर्छन् । बबुराहरु !!
मैले नेपाल मगर संघ जनजाति महासंघ वा अरु कुनै नामका जातीय संस्थाहरुको विरोध गरेको होइन बरु ती संस्थाहरुमा नेतृत्वपंक्तिमा रहेकाहरुले सही नीति अख्तियार गर्न नसकेको तथ्यलाई उजागर पारेको हो । नेता बन्ने लालसामा कुख्यात संकीर्णतावादलाई मलजल गर्नेहरुको म कट्टर आलोचक हूँ । खास कुरा यही हो । हो जातीय संस्थाहरु खुल्नु÷खोलिनु पर्छ । तर प्रत्येक जातीय संस्थाले ुनेपालीजातिु का रुपमा एकजुट भएर बृहद् नेपालीजातीयतालाई सुदृढ पार्दै सहकार्य गर्नु पर्छ । ूम ब्राह्मण हूँू वा ूम नेवार हूँू वा अन्य जातीय स्वाभिमानको कुरा गर्दा ूम नेपालीजातिको हूँू भन्ने हेक्का पनि रहुन जरुरी छ ।
नेपालीजाति वा नेपालीसमाजका सम्बन्धमा कुरा गर्दा हामीले नेपालबाहिर पनि ध्यान पुर् याउनु आवश्यक छ । ुनेपालीजातिु अवधारणाले व्यापक जनसमुदाय र विस्तृत मानवभूगोललाई समेट्छ । हाल कि्रयाशील जातीय संगठनहरुले यो कुरालाई ध्यान दिइरहेका छैनन् । समष्टि नेपालीजाति र समुदायको हकहितको कुरा नगरी उनीहरु कुख्यात संकीर्णतावादी भासमा जाकिँदै गरेको स्थिति छ । यसलाई सच्याइहाल्नु पर्छ ।
संस्कृतिको आधुनिक अध्ययन गर्ने समाजविज्ञानीहरुले मानेका छन् कि संस्कृति एकीकृत प्रणाली हो र यसमा विभिन्न एकाइहरु मिलेर नै सिङ्गो संस्कृतिको निर्माण गर्छन् । त्यसैले ुनेपाली संस्कृतिु को समष्टि स्वरुपको कुरा गर्नु विज्ञानसम्मत हो । ब्राह्मण संस्कृति मगर संस्कृति गुरुङ्ग संस्कृति वा नेवार संस्कृतिको स्थान तत्तत् समुदायभित्र मात्र हो तिनीहरुलाई बृहद् नेपाली संस्कृतिकै विकल्पका रुपमा उभ्याउनु हुँदैन । साँघुरो जातीय संस्कृतिका कुरा गरेर विखण्डित हुनु कबिला युगीन समयका निमित्त मात्रै सुहाउँदो हुन्छ । अहिले त हामीले ती सबैका सार-समष्टिलाई एकीकृत गरी ुनेपाली संस्कृतिु का रुपमा आत्मसात् गर्नु पर्छ एउटा सिङ्गो सांस्कृतिक चेत र पहिचानलाई सुदृढ गर्न हामी लाग्नु पर्छ । खोल्साखोल्सीबाट नदी नदीबाट महानदी र त्यसबाट सागरसम्म पुग्नु नै मूलप्रवाह हो । <br>
यहाँ त संकीर्ण जातीय आधारमा मान्छेहरुलाई भेला पारेर एकथरीले अर्काथरीलाई गाली गर्ने घृणा फैलाउने र नेता बनिटोपल्नेजस्तो असभ्य समाजमा हुने ुसर्दारी प्रवृत्तिु जगाउन खोजिएको छ । त्यसैको मैले विरोध गरेको हूँ । 
हामी जसरी पनि एकजुट हुनु पर्छ । यसका निमित्त हामीले भाषाका नाममा हुन्छ भने भाषाका नाममा संस्कृतिका नाममा हुन्छ भने संस्कृतिका नाममा धर्मका नाममा हुन्छ भने धर्मका नाममा एकजुट हुनु पर्छ । जुनचाहिँ कुराले गर्दा एक-आपसमा वैरभाव वा विखण्डन हुने हुन्छ त्यो चाहिँ कुरालाई चर्चामा नल्याएर जुन ुनेपालीु भन्ने पहिचान छ त्यसैलाई आधार बनाएर भए पनि एकजुट हुनै पर्छ ।
सम्भव भएका दिनमा अझै विस्तृत विश्वजनीन संस्कृति वसुधैव कुटुम्बकम् सम्म व्याप्त गराउनु पर्छ हाम्रो सांस्कृति चेतलाई । हाललाई ुनेसन् स्टेटु को भूराजनीतिक मान्यता नै विश्वमा प्रबल भएको हुँदा त्यस परिधिभित्रको अधिकतम् अवस्था ुनेपालीजातिु र ुनेपाली संस्कृतिु सम्म पुग्न सक्ने देखेर यस्तो प्रस्ताव भएको हो ।
तर जातीय संस्थाका हर्तेकर्ते भइरहेकाहरु मान्लान् त  विचारणीय प्रश्न छ । तर अहिलेसम्मको उनीहरुको कुख्यात संकीर्णतावादी प्रवृत्ति हेर्दाचाहिँ मान्लान्जस्तो देखिँदैन । ुनेपालीजातिु भनेर एकजुट हुँदा हाम्रो राष्ट्र तथा सम्पूर्ण नेपाली समुदायको हित हुन्छ उता ुजातीय मुक्तिु का चर्का चर्का कुरा गरेर नेता बनिटोपलेकाहरुको ुराजनीतिक पसलु त चौपट हुन्छ । हो आफ्नो तुच्छ स्वार्थ पूर्तिहेतु उनीहरु ुनेपालीजातिु भनेर एकजुट हुने मेरो आह्वानलाई पाखा पार्न चाहन्छन् । जुन जुन जातीय महासंघ संघ संगठन संस्थाहरुले ुनेपालीजातिु भन्ने एकीकृत धारणा आत्मसात् गर्न सकेका छैनन् ती ठीक किसिमका होइनन् र तीबाट राष्ट्र एवं समुदायको हित भलो पनि हुँदैन । अस्तु ।

सालिक भञ्जन - घृणाको खेती

सालिक भञ्जन - घृणाको खेती

Wednesday, May 31, 2006

 

निर्मलमणि अधिकारी

घृणाको खेती गर्न सजिलो छ । राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेवको सालिकमाथिको प्रहार घृणाको खेतीको चरम प्रकटीकरण मात्र हो । ऐतिहासिक कालखण्डमा समाज विकासको अनिवार्य प्रक्रियाका महानायकलाई अपव्याख्या भएको छ । त्यस्तै अपव्याख्याताका स्याल हुइयाँमा लागेर आफ्नै अनुहारमा थुक्ने काम सालिकभञ्जकहरूले गरेका छन् । आवेगको घोडा चढेर देशलाई खँगार्ने यस्ता उद्दण्डतामा सहमत हुन सकिँदैन । मुखले समयअनुसार प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, बहुलवाद आदि फलाक्ने, तर मानसिकता नेपालमा जातीय र्सदारी चलाउने रहेका मनुवाहरू उहिल्यैदेखि सक्रिय रहेका छन् । मार्क्सवाद, लेनिनवाद, माओवाद, माओविचारधारा, प्रचण्डपथ आदि नामका ज्वरोले थिल्थिलिएका अर्काखाले मनुवाका बुइ चढ्न पाएपछि ती जातीय र्सदारहरूको हौसला बुलन्द छ । आफ्ना कुण्ठा, आक्रोश, घृणा र विक्षिप्ततालाई लोकतन्त्रको जामा पहिर्याउने अवसर पाएपछि त झन् उपचक्कै भएको छ ! लोकतन्त्रको आडमा भएको सालिकभञ्जन कार्य रोक्न सरकार पूरै अनिच्छुक देखिनु अर्को विडम्बना हो । लोकतान्त्रिक आन्दोलनमा सामेल हुनेहरू सबैजना एकैखाले थिएनन् र छैनन् । राजाको निरङ्कुशताको विरोध गर्दै सडकमा उत्रेका लाखौं जनतामध्ये अधिकांशतः अहिले मौन छन्; तर उनीहरूको मौनताको अर्थ लोकतन्त्रको मुकुण्डो लगाएर जसले जे जे गरे पनि सम्मति जनाउने भन्ने पटक्कै होइन । First published on: http://nirmalamani.blogspot.com/2006/05/blog-post_114914283143158728.html

दृष्टि मेरो

२०५३ सालमा प्रकाशित, श्रीआस्था विशेषाङ्क वर्ष ३ अंक १४  ।

मेरो दृष्टि कुनै कठमुल्लाकोझैँ छैन । आफ्नो अध्ययन संकुचित घेरामा सीमित राख्न चाहन्नँ म । तर्कविहीन लिँडेढिपीद्वारा कुनै कुरा प्रमाणित गर्नुको सार्थकता देख्दिनँ । एक क्षणको चटकबाजी र र चहकमहकले त्यतैतिर हाम्फाल्नुलाई मुख्र्याइँ भन्छु । तर्किएर हिँड्नेलाई टाढैबाट नमस्ते ! नजिकिनेलाई दृढ स्वरमा भन्छु - सनातन सत्य यही वैदिक हिन्दू धर्म हो । आफ्नो जागतिक कार्य निष्ठापूर्वक गर्दै परमानन्द प्राप्तिको लक्ष्यबोध औ सम्पूर्ण ब्रह्माण्डाको सुख चाहना हाम्रो सनातन हिन्दू धर्मको भनाइ छ ।
हिन्दू धर्म जबर्जस्ती कूटनीतिद्वारा र खरिदबिक्रीको आधारमा बढेको छैन । मैले मेरा पिताजी संस्कृतका प्रकाण्ड विद्वान पण्डित रुद्रमणि अधिकारीको प्रेरणा र अनुकम्पाले उपनिषद्का पाना केलाउने सौभाग्य पाएँ गीताका शब्दहरुमा दगुरेँ श्रीमद्भागवतमा विचरण गरेँ अन्य पुराणहरुकय रसास्वादन गर्न पाएँ । अत्यल्प ज्ञान भए पनि जाने-बुझेसम्म धारणाको प्रयास पनि भयो ।
मैले उल्लेख गरिसकेँ - साँगुरिनुमा मजा छैन । तसर्थ भगवान् सम्यक् सम्बुद्धका उपदेश गुरु नानकका निर्देशन र भगवान् महावीरका सन्देशहरु पनि मेरा रुचिमा परे । त्यसपछि वा सँगसँगै इसाइका बाइबल औ अन्य कृति र इस्लामी कुरान पनि पढ्न पाइयो ।
उपनिषद् एवं अन्य वैदिक हिन्दू ग्रन्थमा समेटिएका ज्ञानभण्डारले बताउने परमेश्वर सबैका साझा माता-पिता दुवै रुपका सर्वव्यापी समदर्शी । तर बाइबल र कुरानमा वर्णित ईश्वर पाषाणयुगीन कुनै कबिलाको अमानुष नृशंश अराजक र सम्पूर्ण विकारहरुको प्रतिमूर्ति सर्दारजस्तो । अरुलाई मार्ने;काट्ने सन्देश त छ्याप्छ्याप्ती ! पश्चिममा भएको दार्शनिक विकास त्यसैको विरोधमा त थियो । नित्सेले भन्यो नि - ईश्वर मरिसक्यो भनेर त्यही बाइबल र कुरानमा वर्णित छविलाई भनेको ।
हाम्रो सिद्धान्त सधैँ सर्वजनहिताय भन्ने रहेको छ । अहिले धर्मको नाममा जेहाद र क्रुसेड्का िहंस्रक डकार इस्लाम र इसाइको कारणले आएको त हो ।  धर्मका नाममा गरिएका अधार्मिक वितण्डाले आक्रान्त छ संसार ।
याद गरौँ त हिरण्यकशिपुलाई - उसले सारा संसारमा आफूलाई बलात् पूज्य बनायो र स्वयंघोषित परमेश्वर बन्यो । धेरै समय उसको अनर्थले धेरैको मनमा विश्वास पनि पायो ।  अहिले त्यस्तै छ । एकातिर नास्तिकहरु डुक्रँदैछन् भने अर्कोतर्फ धर्म भएको दाबी गर्दै इस्लाम र इसाइका आडमा अधर्म झाङ्गिदै छन् । अनि कमजोर र गुलाम मानसिकता भ्रममा पर्न थाल्यो कि कतै तिनीहरु नै ठीक त होइनन् 
भनिएकै छ - कलि कालमा पहिलेझैँ स्थूल सैन्यबलको आधारमा धर्म र पापको लडाइँ हुँदैन । कलिको कारिन्दा ुमुरु नामक विचार तरङ्गमार्फत् मानिसहरुमा आफ्नो पकड जमाउन प्रयत्न गर्नेछ । देखिएकै त छ आजको लडाइँ मानसिक किसिमको छ वैचारिक छ । पत्रपत्रिका टीभी रेडियो सिनेमाहरुलाई हतियार बनाउने उसको रणनीति छ । एन।जी।ओ;आई।एन।जी।ओ। सहयोगको नाममा उसकै ुमिसनु लाई अघि बढाउन नेपाल छिरिरहेको पनि देखिएकै छ । हामीले उसकै हतियार खोसेर उसैलाई नहानी सुखै छैन ।
समय त निरन्तर प्रवाहमान छ । आधुनिक औ प्रगतिशील कहलिन धम्मरधुस गर्ने लठुवाहरु आफ्नै सांस्कृतिक वैभवविरुद्ध खनिँदै छन् । जुन थालमा खायो त्यसैलाई कुच्याउने ! आर्य परम्परा र सनात हिन्दू धर्म नबुझेर अनर्गल प्रलाप हुँदो छ ।
हामीले हाम्रो वैदिक दर्शनको अध्ययन गर्नै पर्छ । यसका लागि उपनिषद् पढिनु र पढाइनु पर्छ । प्रत्येक सम्पूर्ण मान्छे वैदिक दर्शनको अध्ययन गर्न खोज्छ भन्ने मेरो मान्यता हो ।
मेरो ज्ञान अल्प छ तर लेख्छु हिन्दूत्व टङ्कारहेतु । मेरो मूल लक्ष्य वैदिक हिन्दूत्वको शंखघोष हो ।

चाडपर्व र खर्च

विश्वको एक मात्र हिन्दू अधिराज्यका जनता नेपालीहरुका लागि चाडपर्वहरु धार्मिकतासाथै दैनिकीका पयार्य भए पनि विदेशी संस्कृतिको नक्कलले यसमा अनावश्यक तडकभडक र अवािाछत व्ययले गाड्नसमेत थालेको छ । हाम्रा धर्मशास्त्रहरुले चाडवाडमा खर्चको हैन विशुद्ध धार्मिक भावना औ एकआपसमा आत्मीयताको अपेक्षा गरेका छन् । विधर्मीहरुको चंगुलमा फसेर आफ्नो संस्कृति बिस्रनु र द्रव्यपिशाचहरुले गर्दा गरिबका लागि दशैँसमेत दशा बन्ने स्थिति हुनु अवश्य नै चिन्तायोग्य कुरा हो । मेरो विचारमा अनावश्यक तडकभडक र अपव्यय हटाउनु पर्छ । समयानुकूल रुपमा चाडपर्व मान्नु पनि पर्छ । चाडपर्वमा हुने खर्च हटाउनु पर्छ चाडपर्व यथावत् मान्दै रहनु पर्छ । प्रत्येक नेपालीले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेश पढे धेरै कुरा छर्लङ्ग हुने थियो ।

 नेपालजागरण साप्ताहिक वर्ष ३ अंक ४७ मा प्रकाशित मिति विसं २०५२ असोज ३० गते सोमवार  ।

चुच्चे नेप्टे र दशैँ बहिस्कार

पहिलोपटक आजको समाचारपत्र दैनिकमा प्रकाशित मिति २०५३ असोज २० गते ।

आदर्श समाज पाक्षिकमा पनि प्रकाशित मिति २०५३ कार्तिक पहिलो पक्ष ।

यसै लेखको विस्तृत स्वरुप हो नेपाली भाषा-संस्कृति परिषद्द्वारा प्रकाशित पुस्तक चुच्चे-नेप्टेको सवाल र दशैँ बहिस्कार -  वि.सं. २०५६ ।

कमिलाको मासिने बेला आयो भने के हुन्छ ू
जसले पनि चट्ट उत्तर दिन सक्छ - ूपखेटा उम्रन्छ ।ू
साँच्चै नै जब कमिलाको नासिनेमासिने बेला आउँछ तब त्यसको पखेटा प्वाँख उम्रन्छ । अर्थात् पखेटा पलाउनु कमिलाको समाप्तिको पूर्वसूचना हो । तर ऊ गद्गद् भइरहेको हुन्छ - ूआहा ! म निकै ठूलो पो भैसकेछु । म धेरै माथि पुगिसके धेरै प्रगति गरिसकेँ ।ू
यो आत्मरति कतिाजेल  यो चाहिँ ध्रुवसत्य हो कि पखेटा भएको जोसमा जति अक्कासिए पनि आखिर कमिलाको दर्प चीरस्थायी हुँदैन र त्यसको अन्त्य हुन्छ हुन्छ ।
र खेदपूर्वक भन्नै पर्ने हुन्छ कि आज हाम्रो समाजमा धरै व्यक्तिहरुका दिमागमा पखेटा पलाएको देखिन्छ ।
हामी अनौठैका भइसक्याछौँ । आफ्नो नाकको त खुब ख्याल राख्छौँ तर अर्काको नाक कटाउन पाए हुन्थ्यो भन्ठान्छौँ । हाम्रो समाज संगठनतिर होइन विघटनतिर उन्मुख छ र विभाजित मानसिकता लिएर विखण्डनतर्फ दौडिरहेको छ । वास्तवमा जुन ुएकताु भन्ने शब्द छ त्यो कार्यरुपमा अस्तित्वमै छैनझैँ लाग्छ । विग्रह हाम्रो अभीष्ट किन बन्दैछ  यसरी हामी विशृंखलित भइरहेछौँ किन  
नेपालको वर्तमान परिप्रेक्ष्यलाई तपाईँ कसरी हेर्नु हुन्छ  हामीमध्ये कति आफूलाई अभागी ठान्छौँ । कारण - आफू नेपालमा जन्मनु नेपाली हुनु । विदेशतिरका धेरै कल्पना सजाएर राखेका छौँ । रहर र कहर यी दुवै छन् । तर आफ्नी आमालाई आर्थिक रुपमा कमजोर देखेर त्यै पनि उहाँको कारणले होइन तपाईँको कारणले ूयस कोखमा किन जन्मिएँ हूँला ! फलानीको कोखबाट जन्मेको भए …ू भन्ठान्नुजस्तो नीचता पतनको पराकाष्ठा अरु केही होला र  आफ्नी आमाप्रति सम्मान नहुनु भन्दा ठूलो विडम्बना के 
तपाईँ स्याउले झुप्रोमा बस्नु हुन्छ तर तपाईँको छिमेकीको भव्य महल छ भने त्यो महलको कल्पना गरेर आफ्नो स्याउले झुप्रोमा आगो झोस्ने  कि आफ्नो पनि उन्नति प्रगति वा विकास कसरी होला भन्ने उपाय गर्ने  हाम्रो देशमा चाहिँ यतिखेर आफ्नो पक्की घरलाई पनि झुप्रो भन्दै आगो झोस्नेहरु पाइन थालेका छन् । घरै पोलेपछि खरानीको के दुःख
ुनेपालु भनेको के हो  के मेचीदेखि महाकालीसम्मको जमीन मात्र नेपाल हो  ढुङ्गा माटो र पानी मात्रै देश हो  हिमाल पहाड र तराइको सम्मिश्रण मात्र नेपाल बन्न सक्षम छ  के नेपालको नागरिकता लिनु नै प्रमुख र केबल एक मात्र सर्त हो नेपालीत्वको  सगरमाथा ठडिनु मात्रै हो त हाम्रो चिनारी  कि अरु केही तत्व छन् जसले ुनेपालु र ुनेपालीु को सार्थकता दिन्छन्  नेपाली हुनुको एउटा मौलिक र विशिष्ट अर्थ हुनु पर्छ र हुनु पर्ने हो मौलिक चिनारी पनि !<br>
कुनै पनि देशको मौलिक एवं विशिष्ट अर्थ त्यहाँको संस्कृतिमा सन्निहित हुन्छ । माटोलाई सार्थकता दिने - जनता । जनताको परिचय - संस्कृति । हाम्रो नेपालको सार्थकता नेपाली मौलिक संस्कृतिमा छ ।
त्यसो त आज संस्कृतिबारे भाषण दिनु एक प्रकारको ुफेसनु भइसक्याछ । संस्कृतिको दुहाइ दिनेहरु प्रशस्त पाइन्छन् । तर महाशयहरुसँग यसको कुनै ठेट परिभाषा छैन । त्यसै फिक्का बनावटी मुस्कानसाथ संस्कृतिको दुहाइ दिन्छन् । धर्मको त नामै लिन हिच्किचाउँछन् लाज र संकोच मान्छन् । सायद उनीहरुलाई लाग्दो होला कि धर्म-कर्मको उच्चारण गर्नासाथ पुरानो विचारधाराको रुढीवादी अप्रगतिशील अन्धविश्वासी अपठित कोक्ल्याँटो र पाषाणयुगीन भइहालिन्छ । बबुराहरु !!
तर जे जति भए पनि संस्कृतिलाई धर्मबाट छुट्ट्याउन मिल्दैन । यी अन्तरसम्बन्धित छन् । यो कुरो बुझ्दैनन् वा बुझेर पनि बुझ पचाउँछन् र धर्मरहित निष्प्राण एवं निरर्थक संस्कृति भट्ट्याउँछन् । अधकल्चिएको त्यो मृतप्रायः संस्कृतिले समाजको सार्थक पहिचानको बोझ थाम्नै सक्दैन ।
कु_ित्सत स्वार्थवश यहाँ संस्कृतिविरुद्ध अनेक कार्यहरु हुँदै गरेका पाइएको छ । हरेक क्षेत्रमा घुसेको ुराजनीतिु भनिने तर वास्वतमा घृणानीति घृणावाद संस्कृतिमा पनि घुसेको छ र यसै क्रममा एउटा नारा अघि सारिएको छ - दशैँ बहिस्कार गरौँ ।
यो उत्तेजक नारा कुन तर्कको आधारमा अघि सारिएको छ भन्ने कुरा भन्दा सुरुमा म यस नाराका पछाडि कस्ता शक्ति चलखेल गर्दैछन् भन्नेबारे चर्चा गर्न चाहूँला ।
आज नेपालमा धर्म-संस्कृतिको विरोध गर्नु एउटा व्यापार भैसक्या छ पैसा कमाउने बाटो । जनताको बलिदानले आएको वर्तमान बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा स्वतन्त्रताको खोलमा बढेको अभिशाप यो पनि हो कि राष्ट्रविरोधी तत्वहरु एकथरी मानवरुपी जन्तुहरु हाम्रो धर्म संस्कृति परम्पराको हरेक बेला रुग्ण निषेधात्मक र अन्ध निन्दा गर्न छाडा औ बेलगाम भएका छन् ।
एकथरी सेता छाला भएका पश्चिमाहरु अमेरिका युरोपतिरबाट आएका घुमन्ते फिरङ्गी जसलाई सोझो शब्दमा ुकुइरेु भनिन्छ पनि छन् । तिनीहरु ुखोजीु ुशोधु र ुअन्वेषणु गर्न भन्दै आउँछन् तर पूर्वनियोजित र पूर्वनिर्धारित निष्कर्ष निकाल्न । एकपक्षीय पूर्वाग्रही कु_ित्सत र दुराशयपूर्ण तिनको खोजीको निष्कर्ष केबल औपचारिकता मात्र हो । फगत् नेपाली समाजमा फाटो बढाउनु र एकआपसमा झैझगडा गराउनु तथा आर्थिक रुपले गरिब नेपालीहरुलाई कि्रस्चियन इसाइ सम्प्रदायमा परिवर्तन हुने बाटो सफा पार्नु नै तिनीहरुको मूल उद्देश्य हो । यहाँका जनता बराल्न अनर्गल प्रलाप गर्छन् ती घुमन्तेहरु ।
हाम्रो नेपालकै सन्दर्भमा कुरा गर्नु पर्दा यहाँ यस्ता बौद्धिकहरु प्रशस्तै छन् जसलाई ती कुइरेका वचन एकदमै वैज्ञानिक अकाट्य र तथ्यपूर्ण लाग्छ । पश्चिमाहरुले भनेपछि दायाँबायाँ कतै नहेरी  आधारहीन लोभबाट साचालित भएर बालवत् र तिनै फिरङ्गीहरुले दिएका तर्क अघि सार्दै आफ्नो समाज संस्कृतिका वन्दनीय कुरालाईसमेत निन्दनीय र निन्दापूर्ण दृष्टि राख्ने यी तथाकथित विद्वानहरु इसारा मात्रै पाए भने आफ्नी आमाको मुखमा थुक्न त के आफ्नी स्वास्नीलाई चोक-चौबाटोमा नंग्याउन पनि तत्पर रहन्छन् । देखिएकै कुरा हो - ती विदेशीका दलाल पश्चिमा पूँजीवादी क्यापिटलिस्ट र कम्युनिस्ट कुसंस्कृतिका मानसिक गुलाम र फिरङ्गीका पछुवाहरु विभिन्न कोणबाट नेपाली संस्कृति र हाम्रो धर्ममाथि प्रहार गरिरहेका छन् । विभिन्न एन.जी.ओ.आई.एन.जी.ओ. हुँदै प्रत्यक्ष वा परोक्ष कि्रस्चियनका गोटी वा प्यादा हुनेहरु त थिए नै अब थरि थरिका जातीय संगठन र पार्टीहरुमार्फत् पनि त्यो तत्व पसिरहेको छ फैलिइरहेको छ ।
तिनीहरु एकता होइन विखण्डन चाहन्छन् । जातीय हित को गुलियो नारासाथ आफू नेता बन्ने अभीष्ट पूर्तिहेतु दुराग्रहपूर्ण एवं कु_ित्सत मनसाय राखेर बर्बराउन थालेका छन् । जातीय संगठनहरु र घृणावादका पक्षधरहरु नै हुन् आज दशैँ बहिस्कार गराउन कम्मर कसेर लागेकाहरु । तिनीहरुका पछाडि छन् हाम्रो संस्कृतिका ती निन्दकहरु जो शीघ्र एवं सजिलै केही सनसनी केही विदेशीविधर्मी सौजन्य र त्यसमाथि डलर सजिलोसित कमाउन सकिन्छ भन्ने क्ष्ाद्र लालच भएकाहरु बुद्धिबेचुवाहरु विकृत मानसिकताका धनी मानसिक दासहरु र नेपथ्यमा बसेको मदारीको तालमा नाच्ने दरिद्र र कायरहरुका सम्मिश्रण । अझ तिन्का पछाडि छन् केही नबुझिकनै स्याल हुइयाँका अनुयायी बन्नेहरु ।
यसरी धेरैथरिको सहकार्यमा अगाडि बढाइएको रहेछ दशैँ बहिस्कारको नारा । यस नाराको प्रचार मुख्य गरेर ुमङ्गोलु मूलका एवं ुजनजातिु  भनिने समुदायहरुमा गरिएको रहेछ । दशैँ - हाम्रो संस्कृतिको अभिन्न अङ्ग ।  तैपनि यी संकीर्ण जातीय आधारमा राजनीति गर्नेहरु यसलाई मेटाउन चाहिरहेका छन् । यसको उत्प्रेरणा र निर्देशन कि्रस्चियन मुसलमान र कम्युनिस्टहरुबाट भइरहेछ ।
उनीहरुले दशैँ बहिस्कार गर्नु पर्ने कारणहरु के के दिएका छन् त  यसलाई विचार्नु आश्यक र सान्दर्भिक छ । साथै उनीहरुका तर्क पछाडि लुकेको दुरासयलाई ठम्याउनु पनि आजको आवश्यकता हो । यिनलाई बुँदागत रुपमा केलाउँदै जाऊँ । 
………। ………। ……………………। ………………………
……… ………… …………॥ …………… ……………… …
बुँदागत चर्चालाई यहाँ राखिएको छैन । त्यसका लागि हेर्नू ः आयोदधौम्य निर्मल । चुच्चे-नेप्टेको सवाल र दशैँ बहिस्कार । विराटनगर ः नेपाली भाषा-संस्कृति परिषद्, वि.सं. २०५६ ।
दशैँबिना कहाँ चिनिन्छ नेपाली ! दशैँमा नेपाल छ र नेपालमा दशैँ छ । जसरी आत्मा प्राण बिना शरीर मर्छ त्यसरी नै संस्कृतिबिना राष्ट्रको अर्थ छैन । संसारका कैयौँ सभ्यताहरु किन विलीन भए  कारण - संस्कृति छोड्नु । संस्कृति छोडेर नेपालीजातिको अस्तित्व मेटाउने रहर भो नगरौँ । झन् जोससँग दशैँ मनाऊँ ।